• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिदै भूमे गाउँपालिका


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना ब्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । गाउँपालिकामा विपन्न घर परिवारका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिना ब्याज शैक्षिक ऋण (कर्जा) दिँदै आएको हो ।

    Advertisement

    आर्थिक वर्ष २०७७-०७८ सालदेखि यो सुविधा सुरुवात भएको हो । २०७७-०७८ देखि सुरु गरिएको बिना ब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी दुई जना, भेटेरिनरी दुई र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई र डिप्लोमा एचए एक गरेर जम्मा सात जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सहायक टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    यस्तै, जेहेनदार तथा विपन्न घरपरिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत पनि गाउँपालिकाले पढाउने गरेको छ । हालसम्म उद्यम विकास सहजकर्तातर्फ भूमे–४ का मनीषा पुन, भूमे–९ का सपना पुन, दीपशिखा पुन, सपना बुढा र विद्युत् प्राविधिकमा भूमे–८ का शिशिर रोका, भूमे–२ का विपना घर्ती र अन्जना बुढा, भूमे–७ का विनज्योति बुढालाई गाउँपालिकाले छात्रवृत्तिमा पढाइराखेको गाउँपालिकाले जनाएको छ ।

    आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिना ब्याज ऋण र छात्रवृत्ति प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यी विद्यार्थीलाई राम्रोसँग पढाएर गाउँपालिकाभित्र नै उच्च शिक्षा र प्राविधिक धारतर्फ जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले बिना ब्याज शैक्षिक ऋण र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताउनुभयो । ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।(गोरखापत्र)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer