☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिदै भूमे गाउँपालिका


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना ब्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । गाउँपालिकामा विपन्न घर परिवारका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिना ब्याज शैक्षिक ऋण (कर्जा) दिँदै आएको हो ।

    Advertisement

    आर्थिक वर्ष २०७७-०७८ सालदेखि यो सुविधा सुरुवात भएको हो । २०७७-०७८ देखि सुरु गरिएको बिना ब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी दुई जना, भेटेरिनरी दुई र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई र डिप्लोमा एचए एक गरेर जम्मा सात जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सहायक टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    यस्तै, जेहेनदार तथा विपन्न घरपरिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत पनि गाउँपालिकाले पढाउने गरेको छ । हालसम्म उद्यम विकास सहजकर्तातर्फ भूमे–४ का मनीषा पुन, भूमे–९ का सपना पुन, दीपशिखा पुन, सपना बुढा र विद्युत् प्राविधिकमा भूमे–८ का शिशिर रोका, भूमे–२ का विपना घर्ती र अन्जना बुढा, भूमे–७ का विनज्योति बुढालाई गाउँपालिकाले छात्रवृत्तिमा पढाइराखेको गाउँपालिकाले जनाएको छ ।

    आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिना ब्याज ऋण र छात्रवृत्ति प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यी विद्यार्थीलाई राम्रोसँग पढाएर गाउँपालिकाभित्र नै उच्च शिक्षा र प्राविधिक धारतर्फ जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले बिना ब्याज शैक्षिक ऋण र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताउनुभयो । ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।(गोरखापत्र)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer