☰
सोमबार, मङि्सर ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

मनसुनी प्रभाव ६० दिनमा १७० बढीको मृत्यु


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । यस वर्षको मनसुनको दुई महिनामा जनधनको क्षति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको तुलनात्मक विश्लेषण अनुसार दुई महिनामा गत वर्षभन्दा यस वर्ष दोब्बर जनधनको क्षति भएको छ । मनसुनजन्य विपत्का घटना पनि गत वर्षभन्दा बढी भएका छन् ।

    Advertisement

    मनसुन भित्रिएयताको ६० दिनमा मनसुनजन्य विपत्बाट १७० जना मानिसको मृत्यु भएको छ । अझै ४४ जना बेपत्ता छन् भने अन्य १९५ जना घाइते भएका छन् । मृत्यु र बेपत्ताको सङ्ख्यामा चितवनको सिमलतालमा भेलपहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस हराउँदा सबैभन्दा बढी क्षति भएको छ । जसमा ६२ जना यात्रुमध्ये २४ जनाको शव फेला परेको छ भने ३८ जना बेपत्ता छन् । विपत्बाट झन्डै तीन हजार परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले औँल्याएको छ ।

    यस अवधिमा बाढीपहिरोसहित ८४८ वटा विपत्का घटना घटेका छन् । गत वर्ष मनसुनको दुई महिनामा ५३० वटा विपत्का घटनामा ७२ जनाको मृत्यु भएको थियो । ती घटनामा २८ जना बेपत्ता हुनुका साथै एक सय जना घाइते भएका थिए । प्रभावित परिवारको सङ्ख्या भने यो वर्षभन्दा गत वर्ष बढी देखिएको छ । जस अनुसार पाँच हजार ७८१ परिवार प्रभावित बनेको प्राधिकरणका दीपक सापकोटाले जानकारी दिनुभयो । गत वर्षसँग तुलना गर्दा दुई महिनाको अवधिको जनधनको क्षति उच्च भए पनि वर्षाको घनत्व र प्राधिकरणले गरेको आकलनको तुलनामा भने क्षति कम भएको दाबी प्राधिकरणले गरेको छ ।

    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भन्नुभयो, “गत वर्ष सरदरभन्दा कम पानी प¥यो, त्यसैले यो वर्षभन्दा कम क्षति देखियो तर यो मनसुनको दुई महिनामा गत वर्षको तुलनामा वर्षाको घनत्व ज्यादा भएकाले बढी क्षति भएको हो ।”

    मनसुनबाट हुन सक्ने उच्च क्षति रोक्न सरकार र विपत्मा काम गर्ने निकायको पूर्वतयारी राम्रो भएकाले हालसम्मको क्षतिलाई कम मान्नुपर्ने भट्टराईले बताउनुभयो । गत वर्ष यस अवधिमा ५४१ मिलिमिटर वर्षा भएको थियो । यस वर्ष ६२४ मिलिमिटर वर्षा भइसकेको छ । जसको परिणामस्वरूप सिमलतालमा बस बगाउने घटना भएको थियो । जाजरकोटका भूकम्पपीडितको बस्ती सारिनु, जिल्लास्थित विपत् व्यवस्थापनलाई सक्रिय बनाइएकाले पनि पहिरोजन्य क्षति धेरै कम भएको दाबी उहाँले गर्नुभयो ।

    मनसुनको दुई महिनाको अवधिमा सबैभन्दा बढी पहिरोबाट १०९ जनाको मृत्यु भएको छ । त्यसपछि बाढीबाट ३६ जनाको र चट्याङबाट २४ जना र भारी वर्षाले एक जनाको मृत्यु भएको छ । मनसुनजन्य विपत्बाहेक दुई महिनाको अवधिमा आगलागी, हावाहुरी, जनावरको आक्रमण, वन डढेलो, लेक लागेर र सर्पदंशबाट थप १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।( गोरखापत्र)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer