काठमाडौं । सधै नाफामा रहने नेपाल टेलिकमको मुनाफा यसपाली घटेको छ।
गत आर्थिक वर्षको तुलनामा कम्पनीको कम्पनीको मुनाफामा १६.४४ प्रतिशतले कमी आएको कम्पनीद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो।
यो गत आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो।
यस्तै, गत आर्थिक वर्षको तुलनामा यस वर्ष टेलिकमको २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ आम्दानी घटेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १7 हजार आम्दानी गर्दा आर्थिक वर्ष २०७९/८० मा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको कुल सञ्चालन आयमा भने यसपटक गत वर्षभन्दा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीको आए गत वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो। यो गत वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कम हो।
यसरी कम्पनीको प्रति शेयर आम्दानी ३६.७७ रुपैयाँ रहेको छ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुँदा आम्दानी घटेको कम्पनीको विश्लेषण छ।




