• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बिरामीको चाप बढेपछि त्रिपालमुनि उपचार गर्दै जिल्ला अस्पताल


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नु परेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिएपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

    Advertisement

    अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्तापाताले निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखेको छ । तत्कालका लागि चार वटा शय्या राखिएको र आवश्यक परेमा केही बेड थप्न सकिने अध्यक्ष कुसारीको भनाइ छ । इमर्जेन्सी वार्डसमेत बिरामीले भरिएपछि वैकल्पिक रूपमा शय्याको व्यवस्थापन गरिएको हो ।

    हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । मनसुनजन्य विपत्का घटना, मौसमी फ्लुलगायतका बिरामी बढिरहेकाले वैकल्पिक शय्या थपिएको अध्यक्ष कुसारीले बताउनुभयो । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको छ । २०४५ सालमा स्थापना भएको यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको छ तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको गुनासो स्थानीयको रहेको छ ।

    सेवा प्रवाहका हिसाबले भने यो अस्पताल अब्बल रहेको बताइन्छ । हाल जिल्ला अस्पतालबाट बालरोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यसअघि हाडजोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले सो सेवा रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवासमेत तत्कालै सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्ला वर्षमा अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीको चापसमेत बढ्दै गएको छ ।(गोरखापत्र)

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer