• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालले बिरामीका लागि सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आँखाको सर्जिकल सेवा सुरू गरेको छ ।

    Advertisement

    सो अस्पतालमा तीन वर्षअघि एउटा कोठाबाट ओपिडी सेवा सुरू गरेको अस्पतालको आँखा विभागले हाल आएर सर्जिकल सेवा पनि सुरु गरेको हो ।

    यो सेवा सुरु गरिएपछि अब आँखाका बिरामीहरुले यहीँबाट न्यूनतम शुल्कमा राम्रो सहज र सर्वसुलभ उपचार सेवा पाउने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो।

    उहाँले भेरी अस्पतालबाटै सबै प्रकारका उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ आँखाको सर्जिकल सेवा पनि सुरु गरिएको जनाउँदै आगामी दिनमा यो सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ नयाँ प्रविधिबाट आँखाको उपचार गरिने बताउनुभयो ।

    सो सेवा सञ्चालनका लागि यसअघिका अस्पताल प्रमुखहरु डा. बद्री चापागाईं र डा. पवनजंग रायमाझीले पनि आ आफ्नो स्तरबाट निकै प्रयास गर्नु भएको अस्पताल प्रमुख डा. थापाले स्मरण गराउनुभयो ।

    भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु गरिएपछि अब गरिब, विपन्न र न्युन आय भएका सर्वसाधारणले पनि सहज रुपमा आँखाको शल्यक्रियासहितको उपचार सेवा पाउने भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो । उहाँले भेरी अस्पतालका सेवा सुविधाहरुलाई जनताका लागि सहज, सरल र प्रभावकारी बनाउने अभियान सुरु गरिसकिएको जनाउँदै सोही क्रममा सेवा सुविधा थप्ने काम पनि भइरहेको बताउनुभयो ।

    अस्पतालमा सुधार ल्याउन पछिल्लो समय अस्पतालले सर्वसाधारणसँग राय सुझाव लिने काम पनि सुरु गरेको अस्पताल विकास समितिका सदस्य डा. धितालले बताउनुभयो ।

    उहाँका अनुसार सुधार अभियानलाई अगाडि बढाउँदै अस्पतालले हालसम्म दिँदै आएको सेवाहरुमा लाग्ने शुल्कहरु घटाएको छ भने अनलाइन टिकटको व्यवस्था, जेष्ठ नागरिकलाई लाइन लाग्नुनपर्ने व्यवस्था, अस्पतालका चिकित्सकले लेखेको औषधी भित्रै फार्मेसीमा पाइने व्यवस्था, नयाँ भवनबाट सेवा प्रदान गर्ने व्यवस्थालगायतका सुधारका कामहरु गरिसकेको छ ।(गोरखापत्र)

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer