काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी, लुम्बिनी र कर्णालीका केही इलाकामा मुसलधारे वर्षा हुने सम्भावना छ।
Advertisement
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तर र पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ।
आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।




