काठमाडौँ । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलान नयाँ सिजनको पहिलो खेलमा रोकिएको छ।
Advertisement
जेनोवाको घरेलु मैदान लुइगी फेरारिसमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली मिलान २–२ गोलको बराबरीमा रोकिएको हो।
बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्।
खेलको २०औँ मिनेटमा अलेसेन्ड्रो भोग्लियाको गोलबाट घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो। तर, थुरामले ३०औँ मिनेटमा गोल गरेपछि मिलान खेलमा १–१ गोलको बराबरी अवस्थामा आयो।
८२औँ मिनेटमा पुन थुरामले गोल गर्दै पाहुना टोलीलाई १–२ को अग्रता दिलाए। जिततर्फ लम्किरहेको खेलमा अतिरिक्त समयको पाँचौँ मिनेटमा जेनोवाले गोल गर्दै खेल २–२ को बराबरी अवस्थामा ल्याए।




