☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापामा हुने


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । छैटौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता भदौ ७ देखि १० गतेसम्म झापामा हुने भएको छ । नाइट चेस क्लबको आयोजनामा हुन लागेको प्रतियोगितालाई नेपाल बुद्धिचाल महासंघले प्राविधिक सहयोग गर्नेछ । क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विश्वविजय घिमिरेले दिएको जानकारीअनुसार प्रतियोगितामा १५० जना खेलाडीले सहभागिता जनाउने पक्का भएको छ ।

    Advertisement

    प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म युएईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् । मेची नगरपालिका र पशुपति बोर्डिङ स्कुल प्रमुख प्रायोजन रहने क्लासिकल बुद्धिचाल प्रतियोगिता रेटिङ एक हजार ७०० देखि दुई हजारसम्म र रेटिङ एक हजार ७०० मुनि गरी दुई क्याटेगोरी समावेश गरिएको छ । दुवै विधामा १०औँ स्थानसम्म रहने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

    आयोजक नाइट चेस क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलका अनुसार विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथोदेखि सातौँ स्थानमा रहनेले क्रमशः १२, १० र ६ हजार तथा आठौँ, नवौँ र १०औँ स्थान हासिल गर्नेले जनही पाँच हजार पाउनेछन् । अन्तर्राष्ट्रिय आर्विटर बालाराम पुन प्रमुख निर्णायक रहने निर्णायक मण्डलमा फिडे आर्विटर कोर्स पूरा गरेका सोराज ताम्राकार र सिनियर राष्ट्रिय आर्विटर हरिकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

    प्रतियोगिता आयोजना गर्न १८ लाख २२ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले तथा समापन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने क्लबले जनाएको छ ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer