काठमाडौं । लायन्स क्लब अफ काठमाडौं हेरिटेजले बानेश्वर स्थित नेपाल बाल सेवा फाउण्डेसनमा रहेका करिब ४५ जना बालबालिकाहरुलाई मानविय सेवा अन्तर्गत हिजो खाना खुवाउने कार्यक्रम गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपालका वर्ष २०२४/२५ का गभर्नर चण्डीप्रसाद अर्यालले ल्याएको “टुगेदर वी क्यान” लाई सार्थक बनाउँदै हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत रत्नप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा क्लबले एक कार्यक्रम आयोजना गरि फाउण्डेसनमा आश्रय लिईरहेका ४५ जना बालबालिकालाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।
लायन्स क्लब अफ काठमाण्डौं हेरीटेजका अध्यक्ष हेम बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृष्ण कमल खत्री लगाएतका लायन्स लिडरहरु अतिथिका रूपमा उपस्थित रहेका थिए भने कार्यक्रममा क्लबका पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो।
उक्त कार्यक्रम क्लब कि सदस्य कमलाले आफ्नी आमा को सम्झनामा आयोजना गर्नु भएको क्लव अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
बाल सेवा फाउन्डेसन २०६५ सालमा स्थापना भएको संस्था हो भने यसका संचालक/अध्यक्ष कृष्ण राज गुरुङ्ग हुन् । हाल यस संस्थामा ४५ जना बालबालिका ( बालिका -१०, बालक ३५) जो देशका बिभिन्न स्थानका, कोहि बाबू नभएका कोहि आमा नभएका कोहि जेलनेल परेका आर्थिक अवस्थाले बिपन्न बालबालिका छन ।





