• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारले अर्थतन्त्र सुधार्ने कदम चालिसकेको छ: अर्थमन्त्री पौडेल


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र अहिले पनि चुनौतीको बीचबाट गुज्रिरहेको बताउनुभएको छ ।

    Advertisement

    आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ विषयक अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान नगराएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारीका अवसर सिर्जना नगरेसम्म, लगानी वृद्धि र लगानी आकर्षण नगरेसम्म अर्थतन्त्रमा सोचे जस्तो सुधार हुन नसक्ने बताउनुभयो ।

    वर्तमान सरकार बनेदेखि यता अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपायका विषयमा नै ध्यान केन्द्रित गरिएको पौडेलले स्पष्ट पार्नुभयो । तत्कालीक, मध्यकालीन र दीर्घकालीन रूपमा अर्थतन्त्रका समस्या समाधान गर्ने कदम सरकारले चालिरहेको उहाँले जानकारी दिनुभयो ।

    वर्तमान सरकार बन्नु अघि आमजनतामा एक खालको निराशा बढेकोले सरकारको काम आशा जगाउने हो भन्दै आएको उहाँले बताउनुभयो । नागरिकमा आशा नजगाउने हो भने कुनै पनि कुरामा उपलब्धि प्राप्त नहुने पौडेलले बताउनुभयो । ‘हाम्रो पहिलो प्राथमिकता निराशा चिर्ने हुनुपर्छ, आशा जगाउने हुनुपर्छ’, उहाँले भन्नुभयो ।

    सरकारका क्रियाकलापले नागरिकमा केही आशा र उत्साह जागेको उहाँले बताउनुभयो । यसले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग गर्ने पौडेलको विश्वास छ ।

    सरकारले लिएको नीतिको कारण शेयर बजार उत्साहित भएको पौडेलले बताउनुभयो । ‘सरकारका पहलकदमीले गर्दा केही सकारात्मक सन्देश हामी देख्न सक्छौँ’, उहाँले भन्नुभयो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको साउन महिनामा २० प्रतिशत बढिले राजश्व संकलन भएको, नौ गुनाले पुँजीगत खर्च वृद्धि भएको, घर जग्गाको कारोबारमा वृद्धि भएको लगायतका उदाहरण पौडेलले प्रस्तुत गर्नुभयो ।

    उहाले यिनै प्रगतिमा सरकार चित्त बुझाएर बस्ने अवस्थामा नरहेको बताउँदै अझ धेरै काम गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    निजी क्षेत्र अर्थतन्त्रको महत्पूर्ण क्षेत्र भएकोले सरकार सहकार्य गरेर एउटै प्रवाह अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई विश्वास दिलाउने गरी सरकारले काम गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । ‘अहिलेको सरकार निजी क्षेत्रको अभिभावको भूमिकामा छ’, पौडेलले भन्नुभयो ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer