• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘गेज रिडर’को पारिश्रमिक बढाउन सरकार समक्ष माग


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कार्यरत गेज रिडर (जल सतह मापक) हरूको पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले गेज रिडरहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधा बढाउन माग गरेका हुन् ।

    Advertisement

    गेज रिडरहरुले पाउँदै आएको दैनिक ज्याला दुई सय रुपियाँ अत्यन्त न्यून रहेको र कम्तीमा पनि सरकारले आफैँले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अनुरूप ज्याला कायम हुनुपर्ने उनीहरूको भनाइ छ ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले गेज रिडरको पारिश्रमिक बढाउने सवालमा आफ्नो ध्यानाकर्षण भएको जनाउनुभयो । उहाँले यस कुरालाई आफूले क्याबिनेटमा राख्ने उल्लेख गर्नुभयो । त्यस्तै, प्रदेशको जोखिम बिमा गर्नका लागि छलफल चलाइएको उल्लेख गर्दै मन्त्री सार्कीले भन्नुभयो, “यो बिमा भएमा सबैको जोखिम बहन हुनेछ ।”

    कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले गेज रिडरका विषयलाई निर्णय प्रक्रियामा लैजान आवश्यक रहेको औँल्याउनुभयो । त्यस्तै, प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपत्बाट हुने क्षति न्यूनीकरणका लागि धेरै पहल भए पनि पर्याप्त नरहेको भन्दै अझ यसमा बढी काम गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य घनश्याम चौधरीले विपत् जोखिम न्यूनीकरणको सवालमा मन्त्रालयले ठोस काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिनका प्रमुख सञ्जय साहले गेज रिडरको पारिश्रमिक बढ्नु पर्ने बताउनुभयो । यसका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको उहाँको भनाइ थियो ।

    गेज रिडरको काम गर्दै आउनुभएका मानबहादुर चौधरीले ५० रुपियाँ खर्चेर आफूहरूले पाँच हजार व्यक्तिको ज्यान बचाउने काम गर्दै आए पनि न्यून पारिश्रमिकका कारण गुजारा गर्न समस्या रहेको सुनाउनुभयो ।

    सरकारले एकातिर न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अर्कोतिर आफैले त्यसलाई कार्यान्वयन नगर्ने अवस्था देखिएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष देवीप्रसाद खनालको भनाइ छ । उहाँले गेज रिडरका माग सम्बोधनका लागि सदनदेखि सरकारसम्म आवाज उठाइ दिन प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

    यसैबिच, गेज रिडरहरुले पारिश्रमिक वृद्धि, आवश्यक सेवा सुविधा तथा सुरक्षा सम्बन्धी सामग्री, स्वास्थ्य बिमा, जीवन बिमा, दुर्घटना बिमा लगायतको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानु नमन्त्री हीरा सार्कीलाई मागपत्र बुझाएका छन् । गेज रिडरको तर्फबाट हीरादेवी मिश्रले मन्त्रीलाई मागपत्र हस्तान्तरण गर्नुभयो ।(गोरखापत्र)

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer