• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई अन्तर्राष्ट्रिय हवाई कम्पनीद्वारा उडानको तयारी


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन् ।

    Advertisement

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी कात्तिक ११ गतेदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार भैरहवामा उडान गर्न कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट मागसहित उडान तालिका स्वीकृत गर्न साउन २९ गते पत्राचार गरेका हुन् ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जजिरा एयरले कुवेतबाट र बिज एयरले अबुधाबीबाट साताको चार/चार दिन उडान गर्न अनुमति मागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उडान अनुमतिसँगै उक्त कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गरेलगत्तै उडानको प्रक्रिया सुरु हुने छ ।”

    प्राधिकरणले हाल उक्त विमानस्थलमा उडान गर्ने हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसनलगायतमा छुट दिइरहेको भन्दै सूचना अधिकारी भुलले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर, इन्धन र पर्यटन कर प्राधिकरणको दायराभन्दा बाहिरको विषय भएकाले सरकारको निर्णय कुरिरहेको बताउनुभयो ।

    जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको उहाँले जानकारी दिनुभयो । सरकारले छुटसम्बन्धी निर्णय गरेपछि ढाका–पोखरा–ढाका उडानका लागि अनुमतिको प्रक्रियामा रहेको बङ्गलादेशको विमान कम्पनी एयर अस्त्रले पनि साताको तीन दिन पोखरामा उडान गर्ने सूचना अधिकारी भुलले जानकारी दिनुभयो ।

    यसअघि जजिरा एयरवेजले २०७९ जेठ २ गतेदेखि कुवेत–भैरहवा उडान सुरु गरेको थियो । खराब मौसमका कारण कम भिजिबिलिटीमा उडान र अवतरण हुन नसकेको भन्दै २०७९ पुसबाट उडान स्थगित भएको थियो । उडान स्थगन गरेको जजिराले पुनः २०७९ फागुन २५ देखि उडान सुरु गरेर २०८० वैशाखदेखि उडान बन्द गरेको हो ।( गोरखापत्र )

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer