• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

पाल्पामा नयाँ पुस्तालाई जनै बनाउन सिकाइँदै


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । आयातित जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले तानसेनमा जनै बनाउन सिकाइएको छ । नयाँ र युवा पुस्ताका विद्यार्थीलाई जनै बनाउन सिकाइएको छ । जिल्लामा क्रियाशील ब्राह्मण समाज पाल्पाले मेसिनबाट बनेको जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई जनै बनाउन सिकाएको हो ।

    Advertisement

    जनैपूर्णिमा नजिकिँदै गर्दा बजारमा आयातित जनैको प्रभाव बढेको छ । आयातित जनैको प्रभाव घटाउन र परम्परागत जनैमा आत्मनिर्भर बनाउन युवा विद्यार्थीलाई सिकाइएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो । आयातित जनै मेसिनमा बनेका हुने भएकाले त्यसलाई निरुत्साहित गर्न नयाँ पुस्तालाई जनै बनाउन सिकाइएको उहाँले बताउनुभयो । परम्परागत विधिबाट जनै तयार गर्न तानसेनका ३९ जना किशोर, युवा, महिलादेखि वृद्धवृद्धासमेत सहभागी भएको उहाँले बताउनुभयो ।

    विदेशबाट आयात हुने जनै मेसिनमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भन्दै परम्परागत विधिलाई संरक्षण गर्न तालिम दिइएको पण्डित नारायण अर्यालले बताउनुभयो । जनै बनाउन काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । यसलाई त्रिखुट्टीमा सङ्कलन गरिन्छ । त्यसपछि २७ सराको दरले बेर्ने गरिन्छ । त्यसपछि उठाउने र फेरि फर्काउने (औँलामा) बेरिन्छ । परम्परागत ढाँचा अनुसार कतुवा लिने र दाहिने बाट्ने प्रचलन छ । साथी वा किलाको सहयोगमा जनैको टुप्पामा सिक्का पारिन्छ । एउटा टुप्पो समातेर तीन सरा बनाउने र तेब्राउनुपर्ने जानकारहरू बताउँछन् ।

    जनैको शिखामा ब्रह्मा, विष्णु र महेश्वरको बास हुने धार्मिक विश्वास छ । जनै मन्त्रँदा शिखामा तिनै देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्मा तेज पैदा गर्ने बनाउनु पर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ भन्ने धार्मिक मान्यता छ । उपनयन संस्कार अर्थात व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने माध्यता रहेको पण्डित अर्यालले बताउनुभयो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer