काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरमा अवस्थित छँदा आज ५ वटा प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, लुम्बिनी र मधेशका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




