काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। तिज, दसैँ, तिहार लक्षित वाणिज्य बैङ्कको आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक भएको हो।
Advertisement
भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने योजनामा नयाँ गाडी खरिद गर्दा बैङ्कले ७.७७ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने जनाएको छ।
ग्राहकवर्गले ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा आरबीबी भेहिकल ऋण लिन पाउनेछन्। साथै ०.५ प्रतिशत प्रोसेजिङ फी प्रणालीमा लोन लिन सकिने बैङ्कले जनाएको छ।
बैङ्कले विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।




