☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख बढी सब्सक्राइबर


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले ‘योर क्रिश्चियानो’ (UR Cristiano) नामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ९० मिनेटमै करिब १० लाख सब्सक्राइबर पुगेका थिए ।

    Advertisement

    यो समाचार तयार पार्दासम्म रोनाल्डोको युट्युब च्यानलमा १८ ओटा भिडिओ र ७४ लाख बढी सब्सक्राइबर पुगेका छन् ।

    पोर्चुगलको राष्ट्रिय फुटबल टोली र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रहेका उनले युट्युब च्यानल नखोल्नु रहस्यको विषय भएको भन्दै चर्चा हुने गरेको थियो । विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा बढी हेरिएको भिडिओमा रोनाल्डोकै भिडिओ रहेको बताइन्छ ।

    इन्टरनेटमा सबैभन्दा बढी खोजिने व्यक्ति भएकाले युट्युबले रोनाल्डोलाई पैसा दिन नसक्ने अफवाह समेत फैलिएको थियो । तर, रोनाल्डोले ढिलै भएपनि नयाँ परियोजनाका रूपमा युट्युब च्यानल सुरु गरेका छन् ।

    “यो परियोजना सुरु गर्न पाउँदा म धेरै खुसी छु,” उनले भनेका छन्, “लामो समयदेखि यो परियोजना मेरो मष्तिष्कमा थियो । हामीले यसलाई वास्तविकतामा ल्याउने अवसर पाएका छौं ।”

    रोनाल्डोका अनुसार आफ्नो युट्युब च्यानलमा उनी, उनको परिवार र उनले विभिन्न विषयमा राख्ने धारणाहरूबारे जान्न पाइनेछ । त्यसबाहेक विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरङ्ग कुरा गरेर युट्युब च्यालनमार्फत साझा गर्ने उनको योजना छ ।

    रोनाल्डो फेसबुक, इन्स्टाग्राम र एक्समा सबैभन्दा बढी फलोअर हुने खेलाडी हुन् । इन्स्टाग्राममा ६३ करोड ६० लाख बढी फलोअर र फेसबुकमा १७ करोड बढी फलोअरका साथ रोनाल्डो सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । सामाजिक सञ्जाल एक्समा उनी एलन मस्क, बाराक ओबामापछि ११ करोड २५ लाख बढी फलोअरका साथ धेरै फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer