• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

अब आविष्कार केन्द्रले अस्पतालका उपकरण बनाउने


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले सरकारबाट दोस्रो जिम्मेवारी पाएको छ । केन्द्रले सङ्घ अन्तर्गतका अस्पतालमा बिग्रिएका उपकरणको मर्मत सम्भारको जिम्मेवारी पाएको हो । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा त्यससम्बन्धी सम्झौता भएको छ ।

    Advertisement

    यसअघि केन्द्रले सरकारबाट लामो समयसम्म थन्किएको कृषि सामग्री केन्द्रको जिम्मा पाएर सञ्चालन गरिरहेको छ । यसअघि महावीर पुन नेतृत्वको सो केन्द्रले आविष्कारजन्य कार्यमा समेत सरकारले असहयोग गरेको गुनासो गर्दै आएको थियो ।

    स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मेवारीको सम्झौतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार आविष्कार केन्द्रले हाल मन्त्रालय अन्तर्गतका अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिएर मर्मत सम्भव भएका सबै उपकरण मर्मत गर्ने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गर्ने र मर्मतपछि अस्पतालहरूमा धेरै सजिलो हुने बताउनुभयो ।

    उहाँले देशको सिप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई राज्यका तर्फबाट कदर गरिएको बताउनुभयो । उहाँले स्वदेशी सिपमा कम खर्चमा अस्पतालमा बिग्रिएका उपकरणको मर्मत हुने विश्वास व्यक्त गर्नुभयो । केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगले बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने दाबी गर्नुभयो । आविष्कार केन्द्रका प्रमुख पुनले स्वास्थ्य मन्त्रालयले केन्द्रलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिएकामा स्रोत, साधन र प्रविधिको उपयोग गरेर जिम्मेवारी पूरा गरिने बताउनुभयो । उहाँले सम्झौताबाट आफूहरूलाई हौसला मिलेको छ भन्दै सरकारलाई धन्यवादसमेत दिनुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केन्द्रले १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण लिएपछि अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने छ ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer