☰
आइतबार, कार्तिक ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

खोटाङमा लाखेको मूर्ति अनावरण


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा बिक्रम संवत १९१८ सालमा बनाइएको मुखुण्डोको चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको हो ।

    Advertisement

    ऐसेलुखर्क गाउँपालिकाले उपलव्ध गराएको १६ लाखमा निर्माण गरिएको ढलौटको मूर्ति गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले अनावरण गर्नुभएको हो । गाउँपालिकाबाट अनुदान पाएपछि नेवार सामाजिक गुठीले लाखेको ऐतिहासिक मुकुटको झल्को दिने मूर्ति बनाएको हो ।

    ऐतिहासिक मुकुटको स्मरण र सम्मानमा लाखेको मूर्ति बनाएर राखिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो । लाखेको मूर्ति राखेसँगै सो स्थानलाई लाखेचोक नामाकरण गरिएको छ । सबै समुदायको पहिचान झल्काउने प्रतिमूर्ति स्थापना गर्ने निर्णय अनुसार नेवार समुदायको लाखेको मूर्ति अनावरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

    ऐसेलुखर्क बजारमा विक्रम संवत १९१८ सालदेखि नेवार समुदायको बसोबास भएको हो । त्यही साल ऐसेलुखर्क देसारे निवासी श्रेष्ठ थरका कालीगढले घरेलु औजार प्रयोग गरेर गुराँसको काठबाट लाखेको मुकुट बनाउनुभएको थियो । अहिले सोही मुकुटको चित्रण गर्ने मूर्ति बनाइएको हो । मूर्ति निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० मा ५ लाख र आर्थिक वर्ष २०८०-०८१ मा ११ लाख उपलव्ध गराएको नेवार सामाजिक गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले बताउनुभयो ।

    ऐसेलुखर्कमा विक्रम संवत १९१८ सालदेखि बसोबास सुरु गरेको नेवार समुदायले विक्रम संवत १९३५ सालदेखि नागपञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म लाखेजात्रा मनाउन सुरु गरेको इतिहास छ ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer