• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

वराहक्षेत्रको रामधुनीमा एक सय आठ धारा बनाइने


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । धार्मिक, पौराणिक एवं ऐतिहासिक धरोहरका रूपमा रहेको सुनसरीको रामधुनी मन्दिरमा १०८ धारा बनाउने भएको छ । रामधुनी मन्दिर व्यवस्थापन समितिको अगुवाइमा भएको सरोकारवालाको भेलाले मन्दिर परिसर क्षेत्रमा धारा बनाउने निर्णय गरेको हो ।

    Advertisement

    रामधुनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की ऐतिहासिक धरोहरका रूपमा रहेको मन्दिरमा गुरुकुल सञ्चालन गर्ने निर्णयसमेत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्दिर परिसरमा गुरुकुल सञ्चालन गरी आध्यात्मिक गतिविधि बढाउने योजना पनि छ । भेलाले यस वर्षदेखि कृष्ण जन्माष्टमीका अवसरमा राधाकृष्ण रथ यात्रा निकालिने पनि निर्णय गरिएको छ ।”

    अध्यक्ष कार्कीले सबैसँगको छलफल र सरसल्लाहबाट मन्दिर परिसरमा सन्ध्याकालीन आरती गर्ने निर्णय पनि गरिएको छ ।

    पौराणिक कथन अनुसार त्रेता युगमा श्री रामचन्द्र वनवासको क्रममा यस तपोवनको पुण्य स्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाउका एक जोर खराउ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइछ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । सरोकारवालाको चासो पुग्दा ओझेलमा परेको मन्दिरको मुहार फेरिने व्रmम बढ्दै गएपछि मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढेको छ ।

    सुनसरीको वराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिङ्गा गाउँपालिकाको सीमामा पर्ने रामधुनी नगरपालिका–४, जङ्गलको बिचमा मन्दिर रहेको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र स्थानीय सरकारले बजेट उपलब्ध गराउँदा मन्दिर क्षेत्रको विकासमा सहयोग पुगेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताउनुभयो ।

    परिसरमा अष्टचिरञ्जीवीको मन्दिर, श्रीयन्त्रको मन्दिर, मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वनखण्डी र प्रितम दासकोे मन्दिर निर्माण भएको छ । यहाँ राम दरबारसमेत निर्माण भइरहेको छ । यहाँ रामनवमी, विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्रि, तिज आदि पर्वमा स्वदेश एवं विदेशबाट समेत श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ ।(गोरखापत्र )

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer