• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ताप्लेजुङ गोल्डकप: बिर्तामोडसँग आर्मी ३–०ले पराजित


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं। दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ । बिहीबार भएको खेलमा बिर्तामोडसँग आर्मी ३–० गोलले पराजित भयो ।

    Advertisement

    खेलको मध्यान्तरसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले मध्यान्तरपछि सुरुमै अर्थात् खेलको ४६ औँ मिनेटमा बिर्तामोड युनाइटेडका अविशेक गुरुङले गोल गर्न सफल हुनुभयो । गुरुङले पहिलो गोल गर्दै अग्रता लिएको बिर्तामोड युनाइटेडका तर्फबाट ६४औँ मिनेटमा देवेन्द्र तामाङले दोस्रो र ६६औँ मिनेटमा युसेफ थपलियाले तेस्रो गोल गर्नुभयो ।

    खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लब झापाका गोलकर्तासमेत रहेका देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको क्वार्टर फाइनलअन्तर्गतको अन्तिम खेल बिर्तामोड युनाइटेड र त्रिभुवन आर्मीले खेलेका हुन् ।

    हजारौँ दर्शकको समर्थनबिच दुवै टोलीबाट उत्कृष्ट र आकर्षक खेल प्रदर्शन भए पनि गोल गर्न असफल हुँदा त्रिभुवन आर्मीले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सेमिफाइनल पुगेका आयोजक टोली सङ्घर्ष रिपोर्टिङ युवा क्लब फुङ्लिङ र सगरमाथा यूथ क्लब मोरङबिच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

    दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र सलहेस युवा क्लब सिराहाबिच हुनेछ । यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer