• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

४० वर्षपछि मतया जात्रा प्रदर्शन


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । तानसेनमा श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाईमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ ।

    Advertisement

    ऐतिहासिक एवं सांस्कृतिक सहर तानसेनमा बसोवास गर्ने रैथाने हुन् वा बाहिरबाट बसाइँ आएका, धेरैले नौलो प्रकारको जात्रा हेर्दा अचम्म मान्ने गर्दछन् । चामलको पिठोबाट बनाइएको खुर्सानी, मम, केराउ, अण्डा, स्याउ, भुटुवा लगायत थुप्रै सक्कली तथा नक्कली परिकार बोकेका महिलाले बजार परिक्रमा गरेका थिए ।

    धिमे बाजासहित विभिन्न पोसाकमा महिला तथा पुरुष सजिएर मन्दिर र बौद्ध विहारमा नक्कली तथा सक्कली खानाका परिकार चढाएका थिए । ‘तानसेन, टक्सारकी विद्यालक्ष्मी बज्राचार्यले भन्नुभयो, ‘यसलाई पछिल्लो ४० वर्षपछि निकाल्न सकिएको थिएन । यसवर्ष प्रयास गरेपछि निकाल्न सफल भइएको छ । यसलाई हामीले भगवानलाई पनि झुक्काउने जात्रा भन्छौं, भोलिपल्ट बिहान यो जात्रा अर्थात् दीपयात्रा गरिन्छ ।’

    मन्दिरमा प्रसाद चढाएर फर्केपछि लक्ष्यवत्ती बालिन्छ । टक्सार टोलका महिलाले घर–घरमा बनाएका विभिन्न सामग्री बोकेर बजार परिक्रमा गरेको स्थानीय टक्सारका सुरेशमान बज्राचार्यले बताउनुभयो ।

    मतया दुई सय वर्ष पहिलेदेखि तानसेनमा चलिआएको संस्कृतिविद श्रेष्ठको दाबी छ । उहाँका अनुसार तानसेन टक्सार टोलमा ललितपुर पाटनबाट आएकाको संख्या उल्लेख्य थियो । धातुकलाका काममा आएका कारीगढहरुले तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै लिएर आएको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । ‘मतया’ अर्थात् मत भनेको मन र ‘या’ भनेको गर, भएकाले मनमा आएको बनाएर भगवानलाई चढाउने प्रचलन रहेको श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलको भनाइ छ ।

    विभिन्न चाडपर्वमा खाने मिठा परिकार सबै बनाएर भगवानलाई चढाउने गरिन्छ । उहाँले भन्नुभयो, ’आफूसङ्ग कला छ, त्यही प्रदर्शन गर्ने गरिन्छ । बाजागाजाका साथ बजारका मन्दिर र गुम्हामा पुगेर नेवारी भोज र संस्कृतिमा प्रयोग हुने सबै खानाका परिकार नेवार समुदायका महिलाले चढाउने गर्छन् ।’

    इतिहासविद् श्रेष्ठका अनुसार तानसेन टक्सारमा टकमरीको काम सुरु भएपछि पाटन (ललितपुर) बाट शाक्य र व्रजाचार्यहरु कालिगढको रुपमा तानसेन आएका थिए । कारीगढहरुसँगै सन्तान दर सन्तानहरु तानसेनको टक्सार टोलमा पाटनेलीको सङ्ख्या उल्लेख्य रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ । पाटनबाट तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै ल्याएको उहाँले बताउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer