काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी वर्षा गराउने न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।
Advertisement
सोही प्रभावका कारण आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




