• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

टिआरसी विधेयक दुवै सदनबाट पारित


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट पारित भएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । यसअघि प्रतिनिधि सभाबाट साउन ३० गते उक्त विधेयक सर्वसम्मतिमा नै पारित भएको थियो ।

    Advertisement

    प्रतिनिधि सभामा उत्पत्ति भई पारित भएको विधेयक अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा फिर्ता जान्छ र प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत हुने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा जाने छ ।

    शान्ति सम्झौता भएको झन्डै दुई दशकसम्म पनि उक्त ऐनको अभावमा सङ्क्रमणकालीन न्यायले पूर्णता नपाउँदा नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो । आन्तरिक रूपमा पनि तत्कालीन नेकपा माओवादी र सरकारी पक्षबाट भएका जघन्य अपराधका घटना पीडितले न्याय पाउन सकेका छैनन् । सर्वोच्च अदालतले पनि कानुनी सुधारका लागि आदेश दिएको थियो । त्यसै अनुसार यो विधेयकले कानुनी रूप लिन लागेको हो ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भन्नुभयो, “सर्वोच्च अदालतले विभिन्न कालखण्डमा उठाएको विषय र दिएको निर्देशनको पालनासहित विधेयकमा अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार आयोगले देखाउँदै आएको चासोसमेतलाई सम्बोधन गरिएको छ । द्वन्द्वकालीन मुद्दामा न्याय तथा परिपूरणको व्यवस्थाले कानुनको स्वीकार्यताको दायरा बढाउने विश्वास लिएका छौँ ।”

    छलफलमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले विधेयक कानुनमा रूपान्तरण भएसँगै आयोग गठनमा ढिलाइ गर्न नहुने बताउनुभयो । जवाफमा मन्त्री चौरसियाले आयोग गठन सम्बन्धमा सरकारले पारदर्शी ढङ्गले सम्बन्धित दलसँग छलफल गरेर टुङ्ग्याउने धारणा व्यक्त गर्नुभयो । विधेयकको व्यवस्थाबमोजिम आयोगको कार्यवधि चार वर्षको हुने छ । मन्त्री चौरसियाले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लाग्नेबित्तिकै देश कानुनी राज्यको अवधारणामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    तेस्रो संशोधन विधेयकले द्वन्द्वकालीन समयको यौनजन्य हिंसा र बलात्कारको घटना सम्बन्धमा प्रचलित कानुन अनुसार नै हुने व्यवस्था गरेको छ । त्यसै गरी मानव अधिकारको उल्लङ्घनका घटना र मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनालाई अलग अलग व्याख्या गरिएको छ । गम्भीर उल्लङ्घनका घटनामा मुद्दा चल्ने र उल्लङ्घनका घटनामा पीडित पक्षको सहमति भए परिपूरण र मेलमिलाप गर्ने व्यवस्था गरिएको छ ।

    मन्त्री चौरसियाले स्वतन्त्र सहमति नभएसम्म सत्य निरूपण तथा मेलमिलाप आयोगले महान्यायधिवक्ताको कार्यालयलाई मुद्दा चलाउन सिफारिस गर्ने वा पीडितलाई जानकारी गराएपछि अदालतमा जान सक्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले अदालतमा मुद्दा विचाराधीन रहँदासम्म दुवै पक्षको सहमति भए मिलापत्र गर्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer