• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

अर्घाखाँचीमा उनन्तिस प्रतिशतमा मात्र सिँचाइ


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । अर्घाखाँचीको कुल खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार कुल ४५ हजार ७१२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६०९ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । खेती भएको जमिनमध्ये आठ हजार ४४४ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुगेको छ ।

    Advertisement

    जसमध्ये तीन हजार ८१ हेक्टर क्षेत्रफलमा १२ महिना सिँचाइ सुविधा छ भने पाँच हजार ३६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको । बबईढुङ्गा सिँचाइ बहुद्देश्यीय आयोजनाले शीतगङ्गा नगरपालिका–२ र ४, धादिङ काफेली सिँचाइ आयोजनाले शीतगङ्गा–५ मा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख भेषराज भुसालले जानकारी दिनुभयो । सन्धिखर्क नगरपालिका–२ मा पनि सिँचाइ सविधा पुगेको छ । जिल्लाका छ वटा पालिकाका विभिन्न स्थानमा सिँचाइ सुविधा पुगेको भुसालले बताउनुभयो ।

    त्यस्तै कार्यालय अर्घाखाँची ९९.८६ प्रतिशत भौतिक र ८८.४७ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्रमा १९ करोड ९१ लाख बराबरको विभिन्न योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख भुसालले बताउनुभयो ।

    कार्यालयद्वारा सञ्चालित तथा सम्पादित योजना आयोजनाको वार्षिक समीक्षामा भुसालले भन्नुभयो, “भौगोलिक विकटता र दरबन्दी अनुसार जनशक्ति कमी हुदाँहँुदै पनि राम्रो उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”

    कार्यालयका १०३ योजनामध्ये एक वर्षमा ९४ योजना सम्पन्न भएका छन् । चार वटा योजना क्रमागत बहुवर्षीय र पाँच वटा योजना कार्यान्वयनमा गएको छैन । सञ्चित कोषमा रकमको कमी हुँदा कार्यान्वयनमा जान नसकेका हुन् ।

    आव २०८०/८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका आठ वटा बाँध निर्माण, १९.६२ किमी पक्की कुलो, तीन वटा पोखरी, १५ हेक्टरमा थप सिँचाइ सुविधा र १७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ । २.३८ किमी तटबन्ध, १.५ हेक्टर जमिन उकास, ४८ वटा घर र १६५ हेक्टर जमिन सुरक्षित भएको भुसालले बताउनुभयो ।

    कृषि उत्पादनको वृद्धिबिना आर्थिक समृद्धि नहुने भएकाले सिँचाइ पहिलो आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । आयोजनालाई थप प्रभाकारी बनाएर सिँचाइ नपुगेको जमिनमा सिँचाइ पु¥याएर जिल्लालाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।(गोरखापत्रबाट)

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer