• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन २६, २०८३
☰
मङ्गलबार, साउन २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

मुहार फेर्दै बलेवाको कालभैरव मन्दिर


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । विसं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने जो–कोहीले पौराणिक संरचना देख्न पाउँछन् । देशभरका शक्तिपीठहरुमा आधुनिकताको लहर चल्दा पनि यो मन्दिरको मुहार फेरिएको थिएन ।

    Advertisement

    पत्थर माथि बनेको मन्दिर परिसरमा लगाइएको ढुङ्गामाटोको पर्खाल उस्तै छन् । मन्दिर छेउको मौलो, मूर्ति हिजो जुन अवस्थामा थिए, आज पनि उस्तै छन् । विभिन्न कालखण्डमा मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि बनेका समितिले मन्दिरको गरिमा जोगाए । मन्दिरलाई आस्थाको केन्द्र बनाए । तर यहाँ अन्य संरचना निर्माण हुन सकेन । भएकै संरचनाको संरक्षण चाहीँ गरे ।

    बागलुङको ऐतिहासिक धार्मिक शक्तिपिठ बलेवा कालभैरवस्थान मन्दिर परिसरको मुहार केही वर्षयता फेरिन थालेको छ । पत्थर काटेर बनाइएको खुल्ला परिसरमा तारजालीले सुरक्षित गर्ने, मन्दिरको पूर्व तर्फको भू–भागमा पर्खाल लगाएर फराकिलो बनाउने काम सुरु भएको छ । पूजा सकेर बाहिर निस्किँदा भिरमै लडिने जस्तो परिसर अहिले फेरिएको छ ।

    सत्तल पुनःनिर्माण, समितिको सचिवालय भवन, प्रवेशद्वार र पैदलमार्ग निर्माणको काम अन्तिम चरणमा छ । मन्दिरको मूलढोका नजिकै गणेश मन्दिर निर्माण भएको छ । मन्दिर परिसरमा सिसी क्यामेरा, मोठ भेटीको सुरक्षा र चौतारी निर्माणाधीन छ । “सरकार, दाता र मन्दिरको आम्दानीले संरचना तयार गर्दै छौँ”, गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले भने, “मन्दिरको जीर्णोद्वार र पुनःनिर्माणको काम थाल्दै छौँ, पौराणिक महत्व नमेटिने गरी मन्दिर नयाँ बनाउने अभियानमा छौँ ।” मन्दिरको पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले रु ३७ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेका छन् ।

    स्थानीयले इष्टदेवताको रुपमा मान्दै आएको बलेवा कालभैरव धार्मिक शक्तिपीठको रुपमा परिचित छ । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न संरचना निर्माण थालिएको छ । समितिले आयस्रोत बढाउन मन्दिरको गेट बाहिर ११ वटा व्यावसायिक सटर राखेको छ । “भाडाले मन्दिरको आम्दानी बढाउँछ, दर्शनार्थीले भनेका बेला फूलप्रसाद र खाजा÷खाना पाउँछन्”, समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले भने ।

    भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । दुई दर्जन हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने अग्लो ठाउँमा रहेको यस मन्दिरमा पुग्दा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । नियमित पूजा हुने मन्दिरमा साताको मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्छ । मन्दिर भएको स्थान सयौँ वर्ष पहिले बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोट९कोत०को रूपमा रहेको बागलुङ नगरपालिका १२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्मा बताउछन् ।(जोयनेपाल)

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer