काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा हुने सम्भावना छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरमा अवस्थित छ।
आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




