काठमाडौं । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको निर्धारित समय १/१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४(१ को नतिजासहित घरको बाटो देखायो ।
नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।
खेलमा गोल भने नेपालले खाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा भुटानले खेलको ५६ औँ मिनेटमा अग्रता बनाएको थियो ।
तर खेलको ७८ औँ मिनेटमा निराजन धामीले गोल फर्काउन सफल हुँदै नेपालको आशा जीवितै राखेका थिए ।




