• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाईलै पिच्छे डस्ने समाजमा, भाग्यमानी भएस् छोरी, नभन्नु है आमा


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । तोते वोलिले छाडेको हुदैन, शरिरले आकार लिएकै छैन, सबैलाई समान देख्ने मेरा आंखाले, को असल को खराब छुट्याउन नजान्दै, ७० बर्षका हजुरबाहरु, मलाई सिनो देखेर, निर्मला पन्त ठान्दै, लुछ्न आईपुग्ने समाजमा, “विन्ती छ आमा !! भाग्यमानी भएस्, छोरी नै पाएस्” भन्ने आशिष नदिनु न है ।

    Advertisement

    नानी, भाई जन्मिदा ठुलाघरे काजीको खोरबाट लमकाना खशीले सुत्केरी उतार्ने तेरो बा ले, तेरो पालोमा बल्लबल्ल जुठे सार्कीको खोरबाट खुईली पाठी ल्याएर सुत्केरी उतारेको थियो। बाउ एकै आमा एकै, छोरा जन्मिदा खशी काट्छन, हामी जन्मिदा पाठी । ९० बर्षकि हजुरआमाले गहभरी आशु पार्दै भन्नुभयो “नानी हामी नारीको जुनी त के जुनी, बरु गर्भमै खेर गएको जाती”, । यि सबै सुनेर छाती चिरा-चिरा परेकी मलाई, “विन्ती छ आमा !! भाग्यमानी भएस्, छोरी पाएस्” भन्ने आशिष नदिनु न है ।

    तल्लो पेट दुखेर खपिनसक्नु भएको थियो । एकमुठ्ठी तातो पानी तताएर खाने जांगर नलागेर पल्टिरहेको थिए । उताबाट सासु आमा, ठुलो स्वरले बोलाउदै भन्नुहुन्छ,”कान्छि ? ए कान्छी, भरै छोरी-ज्वाई आईसिन्छ, के के ख्वाउछेस् त, जिम्मल खलकको ईज्जत माटोमा मिलाउलिस् है, समय छदै तयार गर नत्र….”। सानुका बा बिदेश गएको पुरा चार वर्ष भयो । छैनन भनु घर भरी मान्छे छन् । छन् भनु, तिमिलाई कस्तो छ भन्दै निधारसम्म हात पुर्याउने कोही छैन, उहां बिदेश गएपछी । तिमिलाई सन्चो छैन, तातो पानी खाऊ, औषधी खाऊ भन्ने मान्छे घरमा नै नपाईने छोरीलाई, “विन्ती छ आमा !! भाग्यमानी भएस्, छोरी पाएस्” भन्ने आशिष नदिनु न है ।

    भान्सामा ग्यास सकियो । फोन गर्नु पर्यो भनेर, यसो डायल गरेको, दुई घण्टीमा नै फोन उठ्यो । निक्कै पुरानो चिनजान झै उताबाट ढुक्कसंग आवाज आयो, “हजुर तारा म्याडम, के ग्यास सकियो ?”, म त अक्क न वक्क भए । फेरी एक्कैछिनमा ग्यास लिएर आयो र टास्सिउला झै गर्दै उसले भन्यो, म्याडमकोमा ग्यास छिटो-छिटो सक्के नी हुनेनी !! किन र राजु मैले सोधे। हैन हजुरसंग भेट भईरहन्थ्यो नि !! खिस्स हास्दै उसले भन्यो । ग्यास बोक्नेले, प्लम्वरले, ईलेक्ट्रिसियनले, हुदा-हुदा ईन्टरनेटवालाले धरी शिरदेखी पाउसम्म नियाल्दै, सोधीखोजी गर्न थाल्ने समाजमा, पाईला-पाईलामा ईज्जत जोगाउन मुस्किल छ भन्ने जान्दा-जान्दै, “विन्ती छ आमा !! भाग्यमानी भएस्, छोरी पाएस्” भन्ने आशिष नदिनु न है ।

    अभिभावक दिवशको दिन थियो । छोराको स्कुल जादा, बाबु र उसको पढाईमा निक्कै ध्यान दिए जस्तो, हतार-हतार प्रिसिपल सर, फोन नं माग्छन र दुईदिन पछी फोन गरेर ढुक्क संग भन्छन, “म्याडम, यसो संगै चिया खाने फुर्सद निकाल्नु भए हुन्थ्यो, हजुर जस्तो राम्रो मान्छेको संगत गर्न पाए हामी कत्ति भग्यमानी हुन्थ्यौ”। छक्क परे म त, कसरी सक्ने होला यि सब भन्न ।आफ्नो पेशाको कर्म र धर्मको कुरै छैन, छोराको पढाईको कुरा त झन कता हो कता । आफैलाई जोगाउन यत्ति गाह्रो परेको छाडा समाजमा, “आमा !! भाग्यमानी भएस्, छोरी पाएस्”, भन्ने आशिष नदिनु न है ।

    कलंकिबाट चावहिल जानु पर्ने थियो । हात दिएर बस रोके । बस चढ्न के लागेकी थिए, उक्लिनै लाग्दा पछाडी पुठामा मज्जाले धकेल्दै खलासी चढ्नुस-चढ्नुस भन्छ र चढिसकेपछी एकैछिनमा अलिक भित्र सर्नुस त भन्दै, ढांडमा ढुक्कले सुम्सुम्याउछ । मानौ हाम्रो शरिर उनिहरुका साझा खेलौना हो, जसले भेट्छ उसले ढुक्कसंग खेल्ने र खेलाउने हो, समाजकै यस्तो सोच छ भन्ने जान्दा-जान्दै, फेरि किन ?? आमा, “भाग्यमानी भएस्, छोरी पाएस्”, भन्ने आशिष दिनु हुन्छ ?

    एघारमा पढ्दै थिए । एक दिन साईन्स सरले, ल्यावमा चाडै बोलाउनु भयो । माटो विज्यान सम्बन्धी सोयल पिएच (soil Ph) जांच थियो ल्यावमा । सोझो मान्छे, सरले धेरै कुरा सिकाउन खोज्नु भयो भन्ठाने र मख्ख परे । ल्याबमा दुई मात्रै भईयो । सरको एउटा हातमा पिएच मिटर थियो भने, अर्को हात मेरा शरिरमा दौडिरहेका । मौंका मिल्यो कि हामी नारीको ईज्जत माटोमा नै मिलाईदिने समाजमा, किन ?? “आमा, भाग्यमानी भएस्, छोरी पाएस्” भन्ने आशिष दिनु हुन्छ ?

    महिला भएकै नाताले, हाकिमले कर्मचारी रुवाएको छ । डि एस पी ले सिपाही समाएको छ । हेडसरले शिक्षिकालाई आंखा लगाएको छ । नेताले कार्यकर्तालाई रखेल जस्तै वनाएको छ । बलात्कार भएको चेलिको आवाज न मिडियाले सुन्छ, न अदालतले समयमा नै निशाफ छिन्छ । हामि विना संसार नचले-नचलोस आमा, “बिन्ती छ, भाग्यमानी भएस्, छोरी पाएस्” भन्ने आशिष नदिनु न है ।

    (लेखक: भुगोलविद ईश्वर अर्याल त्रि. वि. भुगोल केन्द्रिय विभागमा पिएचडी अध्ययनरत हुनुहुन्छ ।)

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer