काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिण र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छँदा आज पाँचवटा प्रदेशमा मुसलधारे वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
विभागका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र लुम्बिनीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र सुदूरपश्चिमका केही ठाउँमा मुलधारे वर्षा हुने सम्भावना छ।




