☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मुग्लिन-आँबुखैरेनी खण्ड तत्काल नखुल्ने


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।

    Advertisement

    बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले तत्काल सडक नखुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको क्रेन मगाएर बस निकाल्न लागिएको उहाँले जानकारी दिनुभयो । दिउँसो १२ बजेसम्ममा काम पुरा गर्ने योजना रहेकोमा बुम भाँचिएपछि सम्भव नभएको पौडेले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “यात्रुलाई समस्या नपरोस् भनेर अर्को क्रेन मगाएर आजै दिनभरिमा पुरा गर्ने गरी काम भइरहेको छ ।”

    तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्लको लागि यातायात बन्द गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टादेखि पाँच घण्टा समयमा निकाल्ने योजना थियो ।

    दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधानहरु पूर्णरुपमा बन्द गरिएको हो ।

    ऐनापहरा भारतीय पर्यटक रहेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गरी सोमबार बिहान ६ः३० बजेबाट १० बजे सम्म गरी साढे तीन घण्टा यातायात बन्द हुने सूचना जारी गरेको थियो । तर १० बजेपछि पनि सडक नखुल्दा यात्रु समस्यामा परेका हुन् ।(गोरखापत्र)

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer