• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ऐतिहासिक निशान पदमार्गको पहिचान अन्तिम चरणमा


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ ।

    Advertisement

    नेपाल-अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय पालिकाले पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिने तयारी थालिएको हो ।

    इलामको गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको पहलमा नेपाल भारत सिमाना जोडिएको मेची नदिका मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीनवटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन गर्न कार्यदलले पेस गरेको निशासन पदमार्ग पहिचान कार्यदलका सदस्य सचिव खेमराज राईले जानकारी दिनुभयो ।

    आइतबार सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र नेपाली सेना सहितको प्रतिनिधिको बैठकले कार्यदलले पहिचान गरेको पदमार्गलाई केही परिवर्तन गरी पालिकाहरूले अनुमोदन गर्ने गरी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यदलका संयोजक टीकाराम सुब्बा लाप्चाको संयोजकत्वमा बसेको बैठकमा कार्यदलले भारतको नागरीगडीदेखि, नेपाल भारत सीमा क्षेत्र सात माइल(मेची मुहान), सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार सार्वजनिक गरिएको थियो । कार्यदलका सदस्य तथा सूर्योदय नगरपालिकाका आर्कीटेक इन्जिनियर सिर्जन गदालले ४१ किलोमिटर क्षेत्रमा तीन पालिकाका प्रतिनिधिले केहिदिन अघि पैदल यात्रा गरी विभिन्न इतिहास खोजेर निशान पदमार्गको पहिचान गर्ने काम भएको जानकारी दिनुभयो ।

    पदमार्गले सबैभन्दा बढी क्षेत्र सूर्योदय नगरपालिकामा ओगटेको छ । प्रतिवेदन अनुसार सूर्योदय नगरपालिकामा २६ दशमलव १३ किलोमिटर, माईजोगमाई गाउँपालिकामा १० दशमलव, ७८ किलोमिटर, र इलाम नगरपालिकामा चार दशमलव १९ किलोमिटर क्षेत्र ओगटेको कार्यदलका सदस्य सचिव राईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । भारतको नागरीगडीदेखि मेची मुहानसम्मको दुरी १६ दशमलव पाँच किलोमिटर रहेको छ ।

    नागरी गडीमा अझै पनि गडी मन्दिर लगायत ऐतिहासिक बस्तु रहेको अध्ययन टोलीले जनाएको छ । नेपालतर्फको पदमार्गलाई कार्यदलले नौ खण्डमा विभाजन गरेको छ । कार्यदलका संयोजक लाप्चाले गर्विलो इतिहास खोज्ने काम भएको बताउँदै इतिहास नमेटिने गरी पदमार्गको पहिचान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई सय वर्ष पुरानो इतिहास भएकाले सबै कुरा थाहा पाउन निक्कै कठिन छ, पदमार्गको पहिचानले यहाँको पर्यटनमा अवश्य टेवा पुग्ने देखिन्छ ।” सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले इतिहाससँग जोडिएको विषय भएकाले इतिहास नमेटिने गरी पदमार्ग निर्माण गर्नुपर्ने बताउनु भयो । “तत्कालीन समयमा गोर्खाली सेना फिर्ता भएको पदमार्ग भएकाले त्यतिबेलाका गोरेटो बाटोको पहिचान गरेर कायम गर्ने काम गर्नु पर्छ,” उप प्रमुख बरालले भन्नुभयो ।

    कार्यदलले प्रतिवेदनमा यही स्थानमा गोरेटोबाटोको नमुना समेत नरहेकाले तीन वटै पालिकाले आफ्नो कार्यक्षेत्रभित्र तत्काल पदमार्गको संरचना निर्माण गर्न सुझाव दिएको छ । कार्यदलले तीन वटै पालिकाका विभिन्न स्थानमा साइनबोर्ड राख्ने समेत निर्णय गरेको छ । रणसार्दुल गण इलामका सेनानी कुमार लम्सालले इतिहास राखेर पदमार्ग निर्माण गर्दै त्यसको स्तर वृद्धि गर्नु पर्ने बताउनुभयो । सेनानी लम्सालले भन्नुभयो, “भविष्यमा यो पदमार्ग पर्यटकीय गन्तव्य बनी व्यावसायिक बन्ने देखिन्छ, जसका लागि पालिकाहरूले बढी दायित्व बहन गर्नु पर्दछ ।”

    आगामी विजय दशमीको घटस्थापनाका दिन पदमार्गको उद्घाटन गरिने रणसार्दुल गण इलामका गणपति प्रलाद घलेले जानकारी दिनुभयो । नेपाली सेनाले आउँदो असोज एक गतेबाटै उक्त मार्गमा पैदल यात्राको काम थाल्ने भएको छ । तत्कालीन माओवादी द्धन्दकालमा काठमाडौँ लगिएको निशासन केही वर्ष नेपाली सेनाको पहलमा इलामको माइस्थान मन्दिरमा ल्याएर राखिएको थियो ।

    तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र बढी खाली गर्न सम्झौता भयो ।

    सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।(गोरखापत्र)

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer