• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बैकुण्ठधाम निर्माणमा सबैले सहयोग गर्नुपर्छ: नगरप्रमुख विष्ट


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    नगरप्रमुख विष्टले सोमबार नेपालगन्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालय उद्घाटन गर्दै भन्नुभयो, “नेपालगन्ज मात्रै नभएर बाँकेका अधिकांश स्थान र बाहिरी जिल्लाका समेत व्यक्तिको मृत्युपश्चात् अन्त्येष्टि गरिँदै आएको राप्ती नदीस्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणमा सबैको सहयोग हुनु आवश्यक छ ।”

    नगरप्रमुख विष्टले राप्ती नदी किनारामा निर्माण हुन लागेको बैकुण्ठधामलाई आफ्नो व्यक्तिगत तथा उपमहानगरको तर्फबाट सक्ने सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनुभयो । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।”

    नगरप्रमुख विष्टले बैकुण्ठधाम निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपियाँ सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । बैकुण्ठधाम निर्माणले गति लिन सुरु गर्दैगर्दा केही व्यक्तिहरूले सामाजिक सञ्जालबाट नकारात्मक धारणा व्यक्त गर्न लागेको भन्दै उहाँले त्यसो गर्न नहुने बताउनुभयो ।

    “सामाजिक सञ्जालबाट पछिल्ला केही दिनहरूमा नकारात्मक टिका टिप्पणीहरू आउन सुरु भएको छ, यो गलत हो, बैकुण्ठधाम हामी सबैको हो, सबै जना एकदिन त्यही बाटो भएर जाने हो, काम सुरु नहुँदै नकारात्मक धारणा राख्नुहुँदैन ।” उहाँले भन्नुभयो, “अन्त्येष्टि स्थल सबैको साझा हो, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ, तपाईँ सबैले यसका बारेमा सकारात्मक धारणा राख्नुहोस् ।”

    बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष डा.सुरेशकुमार कनोडियाले सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको भन्दै यसमा सबैको अमूल्य सहभागिता, सहयोग र सुझावको खाँचो रहेको बताउनुभयो । महोत्सव सफल पार्नका लागि मूल समारोह समितिसहित केही उपसमितिहरू निर्माण भइसकेको र केही उपसमितिहरू निर्माण गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

    सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि करिब तीन बिगाहा जमिनको आवश्यकता पर्ने बताउँदै उहाँले हालसम्म करिब १६ कट्ठा जमिन प्राप्ति गरिसकेको बताउनुभयो । सबैको सहभागिता र सबैको अपनत्व हुनेगरी सबैलाई समेट्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय नागरिक, सरकारका सरोकारवाला निकायहरू, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबैको सहयोग र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष कनोडियाले जग्गा प्राप्ति र डिपिआरसम्म गर्दा करिब २० करोड रुपियाँको आवश्यक पर्ने बताउनुभयो ।

    डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष झङ्कबहादुर थापाले सिधनियाघाटमा कुनैपनि भौतिक संरचनाहरू नहुँदा मलामीहरूले अत्यन्तै दुःख र कष्ट व्यहोर्नु परेको भन्दै अब भौतिक संरचना बनेपश्चात् कष्ट व्यहोर्नु नपर्ने बताउनुभयो । उहाँले भारतका विभिन्न स्थानका घाटहरूमा व्यवस्थित शव दाह गृहहरू रहेको र आफ्नो ठाउँमा नहुँदा मलामीहरूले दुःख पाइरहेको अवस्थामा व्यवस्थित बैकुण्ठधाम निर्माण हुन लागेकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा ब्रम्हनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन आयोजक बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले आगामी कात्तिक २२ देखि ३० गतेसम्म महायज्ञसमेत गर्न लागेको छ । महायज्ञ महोत्सवमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले वाचन/प्रवचन गर्ने बताइएको छ ।

    सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगन्जमा आयोजकले बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालयको कार्यालय उद्घाटन गरेको हो । नेपालगन्ज महानगरपालिकाका प्रमुख विष्टले सचिवालयको उद्घाटन गर्नुभएको हो । प्रमुख विष्टले दीप प्रज्वलन गरेर सचिवालयको उद्घाटन गर्दा पण्डित गुरुबाट विधिवत् रूपमा मन्त्र उच्चारण गरिएको थियो ।(गोरखापत्र)

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer