काठमाडौं । साबिक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।
Advertisement
यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो । निर्धारित समयको खेल एक-एक गोलको बराबरी भएपछि नतिजाको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा बंगलादेशका गोलकिपरले भारतको पहिलो र पाँचौँ प्रहार रोकेका थिए ।
फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ । बंगलादेश र नेपाल यसअघि समूह चरणमा पनि भिडेका थिए । सो खेलमा नेपाल दुई-एक गोलले विजयी भएको थियो । गत संस्करणमा भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो ।




