काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनीका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिण र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा कोशी, वागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




