• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कालीकोटमा मष्टो देवताका मेला (पैठ) सुरु


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । कालीकोट जिल्लामा मष्टो देवताका पूजा सुरु भएको छ । भदौ लाखेसँगै विभिन्न १२ भाइ मष्टोका पूजा सुरु भएको हो ।

    Advertisement

    धर्म अनुसार यहाँका नागरिकहरू देवताको पूजाका लागि व्रत बस्नुका साथै रातभर जागाराम समेत बस्ने गर्छन् । मष्टो देवताको पूजा, मेला(पैठ) मा धामीले नाच्ने गरेका छन् । नाच्ने धामीले एक दिनभरि अन्न प्रसाद केही पनि खान मिल्दैन । कसैले फलफूल खान्छन् भने कुनै धामी अर्थात् झाँक्रीले त पानी समेत नखाएर निराहार व्रत बस्ने गर्छन् ।

    कालीकोट यस्तो जिल्ला हो, जहाँ मष्टो देवताहरूको आधार इलाका नै छ । कालीकोटमा १२ भाइ मष्टाका पैठ गाउँगाउँमा चलेको छ । देवताप्रति नागरिकहरूको उतिकै विश्वास पनि छ । मानिस बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा कानुनी निकायभन्दा देवी देवता रोज्ने गर्दछन् । त्यसपछि मात्र अस्पताल, प्रहरी प्रशासन र न्यायालय जाने गर्छन् । परिवारको राम्रो कामका लागि होस् वा शुभकार्यका लागि देवताको आशीर्वाद लिने कालीकोटका नागरिकको चलन छ । देवतालाई यहाँ पहिलो अस्पताल, पहिलो न्यायालय र पहिलो अभिभावकका रूपमा लिने गरिन्छ ।

    यहाँ कालाशिल्लो, मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, रमालमष्टो लगायतका १२ वटा मष्टो देवता छन् । वर्षभरिमा कुनै देवताको माघ शुक्ल पूर्णिमा, जेठ शुक्ल पूर्णिमा, साउन शुक्ल पूर्णिमा र दसैँको समयमा जुहारे पणिमाको बेला गरी चारपटक भव्य पाठ पूजा गर्ने गरिएको छ । खाँडाचक्र नगरपालिका निवासी बिना कुमारी शाहीले अन्य निकाय भन्दा नागरिकको विश्वास देवता प्रति रहेको बताउनुभयो ।

    पेसाले शिक्षक समेत रहनुभएकी शाहीले पहिलो कुरा आत्मविश्वास र दोस्रो भनेको साथी भाइ दिदिवहिनीसँगको भेटघाट हुने हुँदा देवताका पूजा (पैठ)मा नागरिकहरूको भिड लाग्ने गरेको बताउनुभयो । बिना कुमारी शाही जस्तै भनाई खाँडाचक्र नगरपालिका ३ का रोषन पाण्डेको पनि छ । पाण्डेले पनि हामी सबैको मनलाई शान्त पार्ने देवताको पूजा नै नभएको बताउनुभयो । देवताका धामी काप्दै आएर हात टाउँमा राखेर ल म भए भनेकै भरमा धेरै बिरामी निको भएको आफैँले देखेको बताउनुभयो ।

    देवता प्रति निकै विश्वास भएकाले आत्मा शान्तिका लागि पनि यस्ता पूजामा नागरिकको भिड लाग्ने गरेको बताउनुभयो । देवताका मेलामा नागरिकहरूको निकै ठुलो भिड लाग्ने गरेको छ ।

    जिल्लाका ग्रामीण समुदायका मात्र होइन सहरमा बसोबास गर्ने र सरकारी निकायमा कार्यरत कर्मचारी समेत आत्मा शान्तिका लागि आफ्नो कुल पूजा तथा मष्टोका पूजामा सहभागी हुन्छन् । नरहरीनाथ ९ का सबिन कुमार विष्टले आत्मा शान्तिका लागि आफू मष्टो देवताका थान अर्थात् मन्दिरमा पुगेको बताउनुभयो । खाँडाचक्र नगरपालिका ३ का मष्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले देवीदेवताको पूजाले दुःखी बिरामी निको हुने, भूत लागेको छाड्ने, पारिवारिक सुख, शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने जनविश्वास रहेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा अहिले देवीदेवताप्रति मानिसको लगाव घट्दै गएको छ, तर विश्वासको कमी भने नभएको बताउनुभयो ।

    पहिले–पहिले सुरुमा पाकेका बाली र फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवीदेवताको भरोसामा गरिथ्यो। अहिले सम्झिने गरिएपनि खेतबारीमा पाकेको फल अन्न भने कमैले ल्याएर चढाउने गरेको पाण्डेको भनाइ छ । (गोरखापत्र)

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer