काठमाडौं । आज तीनवटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिण र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ।
सोही कारण आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र लुम्बिनीका केही तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।




