काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीनवटा प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिण र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
आज दिउँसो कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती र कर्णालीका केही तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। र, कोशीका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।




