• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्य सेवा निःशुल्क र सरलीकृत गर्न स्वास्थ्य बीमा आवश्यक: मन्त्री पौडेल


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले हिजो भक्तपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले, स्वास्थ्य बीमालाई मजबुत बनाउन आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सरलीकृत गर्न स्वास्थ्य बीमा एक मात्र उपाय रहेको बताए ।

    Advertisement

    भक्तपुर क्यान्सर अस्पतालले हिजो आयोजना गरेको कार्यक्रममा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको शुभारम्भ गर्दै त्यस्तो धारणा राखेका छन् ।

    स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने उल्लेख गर्दै उनले स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने बताए । यसका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताउँदै मन्त्री पौडेलले भने, “अहिलेके अवस्थामा बीमा व्यवस्थित छैन, स्रोत सुनिश्चित नहुँदा समस्या छ, यसका लागि बीमा बोर्डमार्फत एकीकृत माध्यमबाट एकद्वार प्रणाली अँगाल्दै सेवालाई लैजानुपर्छ ।”

    जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्था तत्पर रहनुपर्ने बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए ।

    “स्वास्थ्यका नाममा सङ्कलित करको ५० प्रतिशत हिस्सा बीमालाई दिनुपर्छ, आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्नुपर्छ, निजामती कर्मचारी, सुरक्षा अङग, सामाजिक सुरक्षा कोषको बीमासम्बन्धी रकम बीमा बोर्डमा जम्मा गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “सरकारी बेतन खाने सबैले दुई प्रतिशत रकम बीमामा जम्मा गर्ने व्यवस्था गर्नुपर्छ, १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्ध छन् । त्यसलाई बढाएर ६० लाख घर परिवारमा पुर्याएर त्यसबाट जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र सर्वसुलभ ढङ्गले सेवा प्रदान गर्न सक्छौँ ।”

    स्वास्थ्य उपचारकै कारण लाखौँ जनता गरिबीको रेखामुखी पुगेको हुँदा नसर्ने रोगबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको कार्यक्रममा उनले औँल्याए। उनले ४० वर्षमाथि उमेरकाको मिर्गौला र क्यान्सर रोगको स्क्रिनिङ गर्ने र १० देखि १४ वर्ष उमेका बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको भ्याक्सिन निःशुल्क प्रदान गर्ने व्यवस्था गर्न लागेको बताए ।

    पालिका, प्रदेश र सङ्घीय मातहतका स्वास्थ्य संस्थाको वर्गीकरणको आवश्यक रहेको बताउँदै उनले वर्गीकरणका आधारमा स्वास्थ्य सेवाको सुनिश्चिचतता र विशेषज्ञ सेवा दिन सके सबैको पहुँचमा स्वास्थ्य सेवा पुग्ने चर्चा गरे ।

    मन्त्री पौडेलले कोशी, नारायणी अस्पताललगायत अन्य प्रदेशका अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गर्न लागेको बताउँदै अस्पतालमा रात्रीकालीन स्वास्थ्य सेवा विस्तार गरी तीन सिफ्टमा सेवा दिने तयारीका लागि छलफल भइरहेको बताए ।

    कार्यक्रममा भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीको नेपाल ट्रष्टको जग्गा र जगातीमा रहेको इँटा तथा टायल कारखाना रहेको जग्गामा ख्वप विश्वविद्यालय स्थापना गरी मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन सरकारसँग माग गरे ।

    भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद दूर्लभ थापाले भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकासगरी दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी उत्पादनमा लाग्नु पर्ने बताए ।

    नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०७२ सालको महाभूकम्प, कोरोना भाइरस सङ्क्रमणको महामारदेखि अहिलेसम्म भारतले नेपाललाई सहयोग गर्दै आएको बताउँदै युगौँदेखि भारतले नेपालको स्वास्थ्य क्षेत्रमा दिँदै आएको अनुदान र सहयोगलाई निरन्तरता दिने बताए ।

     

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer