• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन २४, २०८३
☰
आइतबार, साउन २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको रोजाईमा


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । बागलुङ नगरपालिका ४ को कुँडुले फेदीमा स्थापना गरिएको शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।

    Advertisement

    कालिगण्डकी नदीमा पाइने दुर्लभ शालिग्रामको संरक्षण र धार्मिक महोत्वका बारेमा चेतना जगाउने उद्देश्यले पाँच वर्षअघि करिब ६ करोड रुपियाँ खर्चिएर सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालयको स्थापना गरिएको थियो । यहाँ सङ्ग्रहालयका साथै मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम र तिरुपति बालाजी धाम निर्माण गरिएको छ ।

    एकसय फिट लामो सुरुङभित्र स्थापना गरिएको सङ्ग्रहालयमा विभिन्न स्वरुप र आकृतिका सवा लाख शालिग्राम अवलोकन गर्न राखिएको छ । सङ्ग्रहालयको प्रवेशद्वार कलात्मक शैलीमा बाघको आकृति निर्माण गरिएको छ । शालिग्राम संरक्षण तथा महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वर्गीय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालयको नामकरण गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

    शालिग्राम राख्नका लागि एकसय फिट लामो सुरुङ निर्माण गरिएको छ । करिब ४० वर्षदेखि सङ्कलन गरिएका सवा लाख शालिग्रामलाई यहाँ संरक्षण गरेर राखिएको छ । सङ्ग्रहालय परिसरमा विद्याश्रम संस्कृति पाठशाला पनि सञ्चालन गरिएको छ ।

    मुस्ताङको मुक्तिनाथ, बागलुङ कालिका र पञ्चकोट भ्रमणमा आउने धार्मिक पर्यटकहरु शालिग्राम सङ्ग्रहालयको अवलोकनमा आउने गरेको तिरुपति बालाजी धाममा बस्ने भक्त डण्डपाणि उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँ भारतीय धार्मिक पर्यटकहरु धेरै आउने गरेका छन् । गत वर्षको असार देखि कार्तिक महिनासम्म दैनिक ५० देखि एकसय जनाको हाराहारीमा भक्तजन आएका थिए । हालै मात्र तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेपछि यहाँ आउने भक्तजनको सङ्ख्यामा पनि कमी आएको छ ।’’

    सङ्ग्रहालयभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको एकै ठाउँमा बनाइएको आकृतिले भक्तजनलाई आकर्षित गर्ने गरेको सङ्ग्रहालयका कर्मचारी सिर्जना शर्माले बताउनुभयो । सङ्ग्रहालयभित्र जानका लागि एकसय रुपियाँको टिकट लिनुपर्ने उहाँको भनाइ छ ।

    मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन शालिग्राम सङ्ग्रहालयमा आउने गरेको कर्मचारी शर्माले बताउनुभयो । करिब दश करोड रुपियाँ खर्च गरेर शालिग्राम सङ्ग्रहालय, वरपरका मठ मन्दिर र अन्य धार्मिक संरचना निर्माण गरिएको छ ।( गोरखापत्र)

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer