काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।
Advertisement
पश्चिममा सरदर स्थानको दक्षिण र पूर्वमा सरदर स्थानको आसपास अवस्थित मनसुनको न्यून चापीय रेखाका कारण आज दिउँसो वागमती, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, मधेश, वागमती, गण्डकी र कर्णालीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशीका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।




