• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चन्दननाथका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्। त्यसपछि झोलाभित्र रहेका शैक्षिक सामग्री (कलम, काफी,स्कुल ड्रेस,जुता र मोजा) खोतल्छिन्। अन्तमा मास्क लगाएर हिँड्न खोज्दा पुनः रोकिन्छिन्।

    Advertisement

    नाबालकले गरेको गतिबिधिले सबैको ध्यान केन्द्रित गर्छ।गतिबिधि नियालिरहेकी अभिभावक (आमा) बाँचा कुलालले आकर्षक झोलाभित्र रहेको शैक्षिक सामग्री पाउँदा नबिना फुरुङ्ग भएको सुनाउँछिन्। यता उक्त विद्यालयकी कक्षा- ४ मा पढ्ने कृति कामीको अनुहारमा पनि उज्यालो थियौ। उनले भनिन् ‘यसले मलाई ठुलो राहत पुगेको छ।’ ग्रामीण भेगमा शैक्षिक सामग्रीविहीन विद्यालय पुगेका बालबालिका झोला,कलम, काफी,स्कुल ड्रेस,जुता र मोजा लगायतका शैक्षिक सामग्री पाउँदा विद्यार्थीहरुको मुहारमा चमत्कार देखिन्थ्यो।

    सोसेक नेपाल जुम्ला अन्तर्गतको बिहानी परियोजना कार्यक्रममार्फत विभिन्न ५ वटा विद्यालयका २६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको फिल्ड अधिकृत गौरी भण्डारीले बताइन्। ५९ हजार ९८ रुपैयाँ बराबरको शैक्षिक सामाग्री दिइएको छ। कार्यक्रम लागु भएको विद्यालयका विद्यार्थी वितरण गरिएको उनले बताइन्। जुम्लाको चन्दननाथ नगरपालिका उप-प्रमुख रामदेवी खड्काको उपस्थिति रहेको थियो।

    चन्दननाथ मावि,मालिका आधारभूत आचार्यबाडा, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का र भैरब माबि धुपीढुस्काका अध्ययनरत विद्यार्थी हुन्। चन्दननाथ माबिका १२,मालिका आधारभूत आचार्यबाडाका ४,शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का ५,र भैरब माबि धुपीढुस्काका ५ जना विद्यार्थी लाभान्वित भएको उनी बताउँछिन्। सोसेक नेपाल अन्तर्गतको बिहानी परियोजनाले जुम्लामा एक मात्रै चन्दननाथ नगरपालिका भित्रका ६ वडाका ५ वटा विद्यालयमा कार्यक्रम गरिरहेको छ। बुवा आमा नभएका असाहय,विपन्न,दलित र अपांग विद्यार्थीलाई वितरण गरिएको थियो। ‘गरिब विद्यार्थी कपडा, शैक्षिक सामाग्रीका कारण स्कुल पढ्नबाट वञ्चित हुन नपरोस्, बीचमै पढाई छाड्ने समस्या नहोस भनेर सामग्री उपलब्ध गराएका छौं’ भण्डारीले भनिन्।

    उनका अनुसार, ‘ सबैलाई स्कुल गएर पढने वातावरण बनाइदिएका छौं।’ विद्यार्थीलाई स्कुलले छनोट गरेका आधारमा शैक्षिक सामाग्री वितरण गरेको उनले बताइन्। यसरी ड्रेस र शैक्षिक सामाग्री पाएपछि सबै विद्यार्थीमा खुसीयाली चन्दननाथ माबि कक्षा- ६ मा अध्ययनरत छात्रा दिया सुनारले बताइन्। ड्रेस सिलाउने नगद प्रति विद्यार्थीलाई ४ सय २५ रुपैयाँ पनि दिइएको छ। प्रति विद्यार्थी दुई हजार २ सय ७३ रुपैयाँ बराबरको शैक्षिक सामग्री पाएका छन्। उप- प्रमुख रामदेवी खड्काले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्रीले पढ्ने बानीको विकास संगै सुधार आउने बताइन्।

    शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुनेछ। सामाजिक उत्तरदायित्व जस्ता यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनी बताउँछिन्। कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको चन्दननाथ माबिका शिक्षक बलराज आचार्यले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनकाे भनाइ छ।(नागरिक)

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer