• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल प्रहरीमा तिसवर्षे सेवाअवधि नै कायम


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवाअवधिसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न एकल इजलासबाट जारी अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । अन्तरिम आदेश खारेजसँगै हालको नियमावलीमा रहेको ३० वर्षे सेवाअवधि कायम हुने छ । भदौ ६ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासबाट जारी भएको अन्तरिम न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।

    Advertisement

    एकपक्षीय रूपमा सुनुवाइ गरी जारी अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारका तर्फबाट तत्कालीन गृह सचिव (हाल मुख्य सचिव) एकनारायण अर्यालका तर्फबाट निवेदन (भ्याकेट) दर्ता भएको थियो । सरकारको निवेदन माग अनुसार आदेश जारी भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो । कुइँकेलले भन्नुभयो, “निवेदकको मागबमोजिम आदेश जारी भएको छ । यसअघि जारी भएको अन्तरिम आदेश खारेज भएको छ ।”

    अन्तरिम आदेश खारेजीको माग गर्दै अर्यालका तर्फबाट भदौ १२ गते निवेदन दर्ता भएको थियो । संयुक्त इजलासमा निवेदन बिहीबार पनि पेसी चढेको थियो तर सबै विपक्षीलाई सूचना दिन र शुव्रmबार पेसी तोक्न आदेश भएको थियो । आदेश अनुसार शुव्रmबार सुनुवाइ भएको थियो । सरकारले प्रहरीको सेवा अवधिको विषयलाई सङ्घीय कानुनमा सम्बोधनको तयारी भइरहेकाले मौजुदा व्यवस्थामा भएको आदेश बदरको माग निवेदनमा गरेको थियो । साथै सेवा अवधि, पदावधिलगायतका व्यवस्था विधेयकको मसौदामा समेटिएको पनि सरकारले निवेदनमा जिकिर गरेको थियो । सर्वोच्चको आदेशले अन्योल सिर्जना गरेको सरकारको दाबी थियो ।

    भदौ ६ गते न्यायाधीश फुयाँलको इजलासले सेवाअवधिका कारण अवकाश पाउन लागेका २१ प्रहरी अधिकारीको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो । प्रत्यायोजित विधायन अनुसार बनेको कानुन (नियमावली) मा सेवाअवधिको सारभूत विषय समावेश नगर्न दशकअघि जारी आदेश अनुसार कार्यान्वयन नगरेकामा प्रश्न गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अदालतले यसअघि २०७१ मङ्सिर २० मा नोकरी अवधिको गणना प्रत्यायोजित विधायन निर्मित कानुनबाट नगर्न गरेको आदेश कार्यान्वयन नभएको प्रश्न गरेको थियो । आदेशमा अदालतले निवेदकहरूलाई पदीय जिम्मेवारी परिवर्तन नगर्न र प्रहरी किताबखानामा पनि आदेश अनुसार व्यवस्था मिलाउन पनि भनेको थियो ।

    २०४९ फागुन १५ गतेदेखि लागु भएको ३० वर्षे सेवाअवधि हटाउनुपर्ने सुझाव गृह मन्त्रालयकै सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले समेत दिएको छ । २०८१ साउन १७ गते गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदन पनि चरणबद्ध रूपमा ३० वर्षे अवधि हटाउन सुझाव दिइएको छ । नेपाल प्रहरी सुधार सुझाव कार्यदलको साङ्गठनिक एवं पुनर्संरचनासम्बन्धी प्रतिवेदन, २०६६ ले पनि ३० वर्षे सेवाअवधि हटाउन सुझाव दिएको थियो ।

    नेपाल प्रहरीको सेवा अवधि विवादमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सशस्त्र प्रहरी नियमावलीको सोही प्रकारको व्यवस्था कार्यान्वयन नगर्न आदेश माग गरेर पनि सर्वोच्चमा रिट दर्ता भएको थियो तर उक्त रिटमा न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

    यस्तै एआइजी श्यामलाल ज्ञवालीसहितको सेवा अवधि विवादकै रिटमा पनि अदालतले अन्तरिम आदेश जारी गरेको थिएन । बिहीबार न्यायाधीश सुवेदीकै एकल इजलासले उक्त रिटमा दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको थियो ।(गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer