• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन २३, २०८३
☰
शनिबार, साउन २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

माडीमा एकीकृत विकासका कार्यक्रम शुरु


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यक्रम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।

    Advertisement

    एक वर्ष छ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले समयमा काम नगरेपछि छ महिना म्याद थप गरिएको छ । व्यवस्थित र सुविधा भएको सहरको अवधारणा अनुसार सडक निर्माणपछि आराम गर्न एकीकृत विकास अन्तर्गत वडा नं. ६ मा शान्तिपार्क र वडा नंं. २ मा सहिदपार्क निर्माण गरिँदै छ ।

    छ वटामध्ये तीन वटामा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । बाँकी तीन वटा सडक कालोपत्रे गर्नका लागि बेस हाल्ने काम भइसकेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।

    १६ करोड रुपियाँ बजेटमा निर्माण भइराखेको सहरी पूर्वाधारमा ८० प्रतिशत बजेट सडकमा र बाँकी बजेट पार्कमा खर्च गरिने कार्यालयले जानकारी दिएको छ । ढलसहित र ढल नभएको कम्तीमा छ मिटर चौडाइको सडक निर्माण गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत यस वर्षबाट रिङरोड निर्माणको काम सुरु गरिने र यसका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जिल्लामा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास निर्माणको काम भइरहेको छ । भरतपुरमा ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । भरतपुरमा सहरी पूर्वाधार विकास निर्माणका लागि ५० करोड रुपियाँको कार्यक्रम भए पनि ३१ करोड रुपियाँको बजेटबाट काम भइराखेको छ ।( गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer