☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दुई महिनामा मुस्ताङ पुग्यो हवाईजहाज


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिनपछि बिहीबार हवाई उडान भएको छ ।

    Advertisement

    गत असार १५ गतेदेखि रोकिएको हवाई उडान भदौ १३ देखि सुरु भएको हो । बिहीबार मुस्ताङमा समिट एयरका पाँच वटा उडान भएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले पाँच वटा उडानमा पाँच जना नेपालीसहित ८४ जना यात्रु मुस्ताङ आइपुगेको जानकारी दिनुभयो ।

    गएको असारको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान बिहीबारदेखि नियमित भएको नागरिक उड्डयन प्राधिकरण मुस्ताङका प्रमुख केशव लम्सालले बताउनुभयो । विगतको समयमा विमानस्थलमा कुकुर प्रवेश गरेर सताउने गरेको भए पनि अहिले विमानस्थल वरपर अग्लो तारबार लगाएर कुनै पनि प्रकारका जनावर भित्र छिर्न नसक्ने खालको बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले गाईभैँसी तथा कुकुर केही पनि छिर्न नसक्ने गरी व्यवस्थापन गरिएको छ ।

    मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीले स्थल मार्गबाट सवारीसाधनको यात्रा हुने बेनी–जोमसोम सडकसँगै पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटकको आगमन बढ्ने बताउनुभयो । हवाई उडान सुरु भएसँगै विदेशी पर्यटकको आगमन मुस्ताङमा अझै बढ्ने उहाँको तर्क छ ।

    पोखरा–जोमसोम रुटमा बर्सातको सुरुवात भएसँगै असार १५ पछि हरेक वर्ष हवाई उडान बन्द हुने र भदौ दोस्रो सातापछि उडान नियमित हुने गरेको छ । मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले यस वर्ष पनि वर्षा सुरु भएपछि बन्द भएको हवाई उडान वर्षा कम हुँदै गएपछि नियमित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई महिनापछि आजबाट हवाई उडान सुरु भयो र म पनि आजै उडानबाटै आएँ । अब पोखरा जोमसोमको हवाइ उडानसँगै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ ।” तुलाचनका अनुसार उडानमा अधिकांश भारतीय पर्यटक थिए ।(गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer