• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रसिद्ध शक्तिपिठ पञ्चधुरामाई मन्दिरको स्वरुप फेरिदै


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्थानीय तहबाट देखभाल हुन थालेपछि मधेसकै प्रसिद्ध शक्तिपिठ पञ्चधुरामाई मन्दिरको स्वरुप फेरिन थालेको छ । बर्दिबास नगरपालिकाले मन्दिर परिसरको मर्मतसम्भार, रङरोगन, सरसफाइ र सौन्दर्यकरण गर्न थालेपछि मन्दिर परिसर आकर्षक बनेको छ ।

    Advertisement

    नगरले मन्दिर, मन्दिर पसिरका चौतारा, मुख्यद्वार र तलाउ घेराबार तथा रङरोगनको काम गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेर पुगिने महोत्तरीको बर्दिवास नगरपालिका–४ माईस्थानस्थित प्राचीन यो देवी शक्तिपिठ साक्षात भगवतीको निवास मानिन्छ ।

    मधेशका सबै जिल्ला, छिमेकको सिन्धुली र उदयपुर एवं भारतको बिहार प्रान्तका कैयौँ जिल्लाका श्रद्धालुले यसलाई आस्थाको केन्द्र र दुःख निवारणस्थलका रूपमा हेर्न गरेका छन् । यसपाली नगरपालिकाले काम थालेपछि मन्दिर परिसरको चहक बढेको बर्दिबास–४ माइस्थानका सामाजिक कार्यकर्ता सोम कार्की बताउँछन् ।

    “आठ बिघा भन्दाबढी क्षेत्रमा फैलिएको यो मन्दिर धेरै नागरिकको आस्थाको केन्द्र हो तर विगतमा खण्डहरजस्तै बनेको थियो, यसपालि भने नगरपालिकाले चासो दिँदा मन्दिर परिसर जगमगाएको छ”, कार्कीले भने, “अब कमल पोखरीको मर्मतसम्भार र परिसरक्षेत्रमा तत्काल पक्की घेरबार गर्न आवश्यक छ ।”

    मन्दिर परिसरमा यसपालि मुख्यमन्दिर मर्मत र रङरोगन, मन्दिर प्राङ्गणमा कलात्मक ढुङ्गा बिछ्याउने, मुख्यद्वार मर्मतसम्भार र रङ्गरोगनसँगैको तलाउ उत्खनन, चौतर्फी पक्की घेरबार, घाट निर्माण, रेलिङ जडान र विभिन्न जातका फूल रोपिएका पञ्चधुरा माईमन्दिर सौन्दर्यीकरण समितिले जनाएको छ ।

    यसपालि नगरपालिकाले मन्दिर परिसर सौन्दर्यीकरणका लागि रु २९ लाख उपलब्ध गराएको समितिका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए । मधेश प्रदेशको मात्र नभइ अन्य प्रदेश र केन्द्र सरकारको पनि धार्मिक गन्तव्य बन्नसक्ने भन्दै स्थानीय तीनै तहका सरकारले यहाँ आवश्यक काम गर्नुपर्ने आवश्यकता औँल्याउछन् । नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर यसलाई ट्रस्टका रूपमा विकास गरिनुपर्ने स्थानीय रामबहादुर राना बताउँछन् ।

    मन्दिरको जग्गा संरक्षण र सम्भार, श्रद्धालु भक्तजनबाट प्राप्त भेटी, शुभकार्य र वनभोज शुल्कको हरहिसाब पारदर्शी गर्ने तथा वार्षिक आयव्यय सार्वजनिक गरिने प्रबन्ध नगरपालिकाले मिलाउनुपर्ने उहाँको माग छ । स्थानीय वाणिकराज काफ्ले पनि नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले नगरक्षेत्रका धार्मिक सम्पदाको संरक्षण र पर्यटकीय गन्तव्यको संस्थागत विकासका लागि निर्णायक पहलकदमी लिन आवश्यक रहेको बताउँछन् ।

    “यहाँ पञ्चधुरामाई, टुटेश्वरनाथ मन्दिर, राइमण्डलधाम, मध्यपाषाण युगकालीन हतियार कारखाना, गिद्धबास, सोली घोप्टेडाँडा, बेसारेडाँडा र चनौटेडाँडासहितका धार्मिक र पर्यटकीय महत्वका ठाउँ छन्, नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले यी सबैबारे पहलकदमी लिन आवश्यक छ”, बर्दिबास–५ चेरु माइस्थानका काफ्ले भन्छन्, “यसका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइ रहनुपर्छ ।”

    पञ्चधुरामाई मन्दिर परिसरमा रहेको इनारको समयसमयमा मर्मतसम्भार र परिसरभित्र पूजाआराधनामा आउने श्रद्धालुको बसाइँ सहज बनाउन टहरा निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँलयाइएको छ । पछिल्ला दिनमा नगरक्षेत्रका धार्मिकस्थल र पर्यटकीय गन्तव्यबारे नागरिकमा चासो बढ्दै जानु सकारात्मक भएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय मातहतको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरालाल गौतम बताउँछन् ।

    “स्थानीयतहले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले यस भेगका धार्मिकस्थलमा सघन आउँजाउ बढाउनुभएको छ । केन्द्र र प्रदेश सरकारका बजेटमा यहाँका धार्मिक तथा पर्यटकीयस्थल परेका छन्” गौतमले भने, “यसैगरी स्थानीयवासीको चासो पनि बढेको छ, अब यहाँका कामले गति लिने विश्वास जागेको छ ।”

    बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरक्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनका कामलाई प्राथमिकतामा राखिएको बताए । नगरपालिकाले यी कामका लागि स्रोत व्यवस्थापन गर्न प्रदेश तथा केन्द्र सरकारको समेत ध्यानाकर्षण भइरहेको उनको भनाइ छ ।

    “हामीले आन्तरिक स्रोतबाट सकिने काम गरिरहेकै छौँ तर बढी स्रोत आवश्यक पर्ने कामका लागि प्रदेश र केन्द्र सरकारसँग पनि आवश्यक समन्वय भइरहेको छ । यसमा सबै सरोकार भएकाहरूबाट सहयोगको अपेक्षा गरेका छौँ”। नगरप्रमुख क्षत्रीले भने ।(जोयनेपाल)

     

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer