• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २२, २०८३
☰
शुक्रबार, साउन २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

कर्णाली राजमार्गको पहिरो हटाउन एक हप्ता लाग्ने


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    Advertisement

    दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।

    जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्साभेटर लगाएर पन्छाउने काम जारी रहेको बताउनुभयो । शुक्रबारसम्म मौसम थप सक्रिय नभए यताको पहिरो पन्छाउन सकिएला तर नौ किलोमिटरभरि पहिरो गएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिनभन्दा बढी लाग्न सक्ने उहाँले बताउनुभयो ।

    प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहीखोलासम्म पुग्दा सडकको अवस्था निकै बिग्रिएको उहाँले जनाउनुभयो । यही गतिमा काम भए तत्काल सडक खुल्न सक्ने अवस्था छैन तर सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रता दिए एक हप्तापछि सडक खुलाउन सकिने महताराको भनाइ छ । गगनेखोलाको पहिरोले सडक पूरै बगाएकाले नयाँ सडकको ट्र्याक खोल्नुपर्ने छ ।

    सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जिटीले दहीखोलामा रहेको पक्की पुल बगाएकाले धेरै क्षति पुगेको बताउनुभयो । घटनास्थलमा खटिएका कर्मचारीसँग ढिलो सम्पर्क भएकाले थप क्षतिको विवरण मागिरहेको र सुर्खेत कार्यालयसँग पनि समन्वय भइरहेकाले दुवैतर्फबाट सडक खुलाउने काम हुने जिटीले बताउनुभयो ।

    एक हप्तासम्म सडक सञ्चालन नहुने भएपछि सबैभन्दा बढी समस्यामा सर्वसाधारण र बिरामी पर्ने भएका छन् । बिरामीलाई समेत नौ किलोमिटर सडकमा स्टे«चरमा राखेर बोक्नुपर्ने भएको छ भने स्याउ व्यापारी पनि समस्यामा पर्ने भएका छन् । जुम्लादेखि स्याउ बोकेका गाडी अहिले कालीकोटको हुल्म बजारमा रोकिएका छन् । एक हप्तासम्म स्याउ ट्रकभित्र रहँदा कुहिने डर देखिएको छ । गन्तव्यसम्म पु-याउन नसक्दै स्याउको गुणस्तर घट्ने भएपपिछ स्याउ व्यापारी चिन्तित भएका छन् ।(गोरखापत्र)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer