• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुल्मीका छात्रामा बढ्दै छ फुटबल मोह


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । गुल्मीमा छात्राहरूको फुटबल मोह बढ्दैगएको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबले विशेष गरी आफ्नो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ ।

    Advertisement

    यस क्लबले स्थापनाकालदेखि नै छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्छ । वार्षिकोत्सवको अवसरमा आयोजित पुलचोक कप अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा प्रत्येक वर्ष सहभागी समूहमा वृद्धि हुँदैआएको क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले बताउनुभयो ।

    तेस्रो पुलचोक कप– २०७९ को लागि भएको छात्रा फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दश विद्यालयले सहभागिता जनाएका थिए । चौथो पुलचोक कप–२०८० मा ११ र अहिले चलिरहेको पाँचौँ पुलचोक कप –२०८१ का लागि यस विभिन्न १४ विद्यालय सहभागी भएको उहाँले बताउनुभयो ।

    तम्घासस्थित चिदिचौर खेलमैदानमा छैटौँ वार्षिकोत्सवको अवसरमा पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिता बुधबारदेखि जारी छ । खेलको अवलोकनका लागि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक समेतको बाक्लो उपस्थिति रहेको छ ।

    छात्रा खेलाडीको खेलप्रतिको लगाव रोचक देखिएको स्थानीयको भनाइ छ । बुधबारदेखि सुरु भएको छात्रा फुटबल प्रतियोगिताको पहिलो चरणको पहिलो खेल लिटिल स्टार इङ्गलिश बोर्डिङ्ग स्कुल र रेन्वो इङ्गलिश बोर्डिङ्ग स्कुलबिच भयो । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा लिटिल स्टार इङ्गलिश बोर्डिङ्ग स्कुल ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलको निर्धारित समयमा जसहयोग माध्यमिक विद्यालयले पालुखा माध्यमिक विद्यालयलाई ४–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    बिहीबार पहिलो चरणकै तेस्रो खेलमा अर्जुन आवासीय माध्यमिक विद्यालयले आदर्श विद्या आश्रमलाई खेलको निर्धारित समयमा १–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । चौथो खेलमा रेसुङ्गा माध्यमिक विद्यालयले उपल्लो तम्घास माध्यमिक विद्यालयलाई खेलको निर्धारित समयमा ३–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    सिद्धबाबा माध्यमिक विद्यालय र गण्डकी इङ्गलिश बोर्डिङ स्कुलबिच भएको पहिलो चरणकै पाँचौँ खेलमा निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा सिद्धबाबा माध्यमिक विद्यालय ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    छैटौँ खेल ब्रिलियण्ट युनाइटेड एकेडेमी र भाडगाउँ माध्यमिक विद्यालयबिच भयो । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा ब्रिलियण्ट युनाइटेड एकेडेमी ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार भएको दोस्रो चरण अर्थात् क्वाटर फाइनलको पहिलो खेलमा रिडर्स पब्लिक हाइ स्कुलले जनसहयोग माध्यमिक विद्यालयलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा लिटिल स्टार इङ्गलिश बोर्डिङ स्कुलले अर्जुन आवासीय माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । तेस्रो खेल महेन्द्र नमुना माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयबिच भएको छ । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा महेन्द्र नमुना माध्यमिक विद्यालय ८–७ गोलले सेमी फाइनलमा प्रवेश गरेको हो ।

    चौथो खेलको निर्धारित समयमा सिद्धबाबा माध्यमिक विद्यालय ब्रिलियण्ट युनाइटेड एकेडेमीलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल शनिबार बिहानदेखि सुरु भएको छ । सेमिफाइनलको पहिलो खेलको निर्धारित समयमा रिडर्स पब्लिक हाइ स्कुलले लिटिल स्टार इङ्गलिश बोर्डिङ स्कुललाई ३–० गोलले पराजित गर्दै फाइनल खेलमा प्रवेश गरेको हो ।

    दोस्रो खेलमा सिद्धबाबा माध्यमिक विद्यालयले महेन्द्र नमुना माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल दिउँसो सिद्धबाबा माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाइ स्कुलबिच हुनेभएको छ ।

    पुलचोक कप–२०८१ विजेताले ३३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २२ हजार २२२ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब स्थापनादेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दैआएको क्लबका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।(गोरखापत्रबाट)

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer