• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सल्यानमा पोल र तार देखियो, देखिएन बिजुली


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । सल्यानमा विद्युतीकरणका लागि बर्सेनि करोडौँ रुपियाँ खर्च भइरहेको भए पनि जिल्लाका २१ हजार ८०४ परिवार अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । ग्रामीण भेगमा रहेका बस्तीमा विद्युतीकरण गर्न ढिलाइ हुँदा स्थानीयले उज्यालो देख्न पाएका छैनन् ।

    Advertisement

    नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अँध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका ५४ हजार ६७२ घरधुरीमध्ये ३२ हजार ८६८ घरधुरीमा मात्रै बिजुली बलेको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार जिल्लामा २४ हजार ७७५ घरधुरीमा मात्रै बिजुली पुगेको छ । कतै विद्युत्को लाइन नै विस्तार भएको छैन भने लाइन विस्तार भएको ठाउँमा पनि वर्षौंसम्म बत्ती बलेको छैन । अहिले पनि स्थानीय बासिन्दा रातिको समयमा बत्तीका लागि सौर्य टुकी, मटितेलबाट लालटिन, टुकी र सल्लोको झरो बाल्ने गरेका छन् ।

    कालीमाटी गाउँपालिका–७, घुइँयाबारीका विद्यार्थी यामकली बस्नेतले आफ्नो गाउँमा पोल र तार तानिएको भए पनि बिजुली देख्न नपाएको दुःखेसो पोख्नुभयो । उहाँले बत्ती नहुँदा घरमा अबेरसम्म पढ्न नपाएको, विद्यालयमा कम्प्युटर विषय भए पनि बत्ती नहुँदा कम्प्युटर नचल्ने अवस्था रहेको उल्लेख गर्नुभयो । रातिको समयमा कोही बिरामी भएमा समस्या हुने गरेको र शौचालय जानका लागि बाहिर निस्कनै गाह्रो हुने गरेको स्थानीय कर्णबहादुर घर्तीले बताउनुभयो । बत्ती नहुँदा कुटानीपिसानी गर्ने मिल सञ्चालनमा पनि समस्या भएको छ । यस्तै इलेक्ट्रिक पसल, वर्कसप, ग्रिललगायतका व्यवसाय सञ्चालन गर्न नसकिएको व्यवसायी बताउँछन् ।

    जिल्लाभरमा पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन भइरहेकाले करिब ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै शारदा नगरपालिकामा ९७.५५ प्रतिशत र सबैभन्दा कम कालीमाटी गाउँपालिकामा ४४.७० प्रतिशत विद्युतीकरण गरिएको छ । कार्यालयका अनुसार शारदा नगरपालिका–३ र ४ पूर्ण रूपमा विद्युतीकरण भइसकेका छन् भने वनगाड कुपिण्डे नगरपालिका–१२ मा रहेका ३९६ घरधुरीमध्ये अहिलेसम्म दुई घरमा र कालीमाटी गाउँपालिका–७ मा रहेका ५६३ घरधुरीमध्ये अहिलेसम्म चार घरमा मात्रै बिजुली सेवा पुगेको छ । जिल्लामा अहिले पूर्ण विद्युतीकरणका लागि भन्दै विभिन्न ठेक्का सम्झौताका काम भइरहेका छन् । जिल्लाका सबै पालिकामा २०८२ असार मसान्तसम्म विद्युतीकरण गर्ने भनेर आधा दर्जन ठेक्का लागेका छन् तर त्यतिले मात्रै सबै घरपरिवार बिजुलीको पहुँचमा नपुग्ने केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लामा पूर्ण विद्युतीकरणका लागि अहिले चलिरहेका ठेक्काबाहेक ६४ करोड ४३ लाख रुपियाँ अपुग देखिएको छ । यसका लागि ११ केभी लाइन लम्बाइ १२९ किलोमिटर, २३०/४०० भोल्ट लाइन ४१७ किलोमिटर र ६६ थान ट्रान्सफर्मरको आवश्यकता पर्ने उहाँको भनाइ छ । दाङ–सल्यान लाइनको लम्बाइ धेरै हुँदा विद्युत् चुहावट १३ प्रतिशत रहेको, गत वर्षमा जिल्लाभर २४७ वटा काठका पोल बदलिएका र विद्युत् महसुल नतिर्ने २८ ग्राहक कालो सूचीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

    विकटमा सौर्य ऊर्जा

    जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोड्ने गरी विद्युतीकरणका काम भइरहेका छन् तर दुर्गमका दुई/चार घरधुरीको मात्रै बसोबास भएको बस्तीमा वैकल्पिक रूपमा सौर्य ऊर्जाको तयारीसमेत गरिएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले दुई वर्षभित्रमा पालिकालाई पूर्ण विद्युतीकरण गर्ने गरी दुई चरणमा काम भइरहेको बताउनुभयो । विद्युत् प्राधिकरण र पालिकाको साझेदारीमा एउटा र अर्को विद्युत् प्राधिकरणले छुट्टै विद्युतीकरणको काम गरिरहेको उहाँको भनाइ छ ।

    विद्युत् प्राधिकरणको पाँच करोड र पालिकाको दुई करोड रुपियाँ गरी सात करोड रुपियाँको साझेदारीमा काम भइरहेको छ । उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणले छुट्टै पनि विद्युतीकरणका काम गरिरहेको छ । हाम्रो पालिकामा ८० प्रतिशतभन्दा बढी घरमा बत्ती बलेको छ, बाँकी घरमा तत्कालै बल्छ । लागत धेरै लाग्ने, निकै टाढाका बस्ती, त्यसमा पनि दुई/चार घर मात्रै भएको ठाउँमा सौर्य ऊर्जा जडान गरेर उज्यालोको पहुँचमा ल्याउने योजना छ ।”( गोरखापत्र )

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer