काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर झर्दा आज ५ वटा प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
आज राति वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।




