• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन २३, २०८३
☰
शनिबार, साउन २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

चुनाव नजिकिएसंगै टानमा चुनावी सरगर्मी बढ्यो


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ (टान) मा चुनावी सरगर्मी बढेको छ । यही भदौ १७ गते हुने निर्वाचनमा दुई समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ । एउटा समूहको नेतृत्व पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र अर्को समूहको नेतृत्व सागर पाण्डेले गर्नुभएको छ । सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदी रहेका छन् भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की, प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ), द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छन् ।

    Advertisement

    टानको नेतृत्वका लागि पनि दुई ठूला सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध व्यवसायीबीच गठबन्धन छ । सापकोटा समूह कांग्रेस–एमाले निकटको प्यानल हो । टानलाई गतिशील र पर्यटन व्यवसायलाई मर्यादित बनाउनु आफूहरूको मुख्य प्राथमिकता रहने सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार कर्मा शेर्पाले बताउनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोक्न रोजगार सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ । पर्यटन क्षेत्र २०३५ सालमा बनेको ऐनका भरमा अहिले चलिरहेकाले निर्माण चरणमा रहेको नयाँ ऐन पर्यटनमैत्री हुुनुपर्नेमा शेर्पाको जोड रहेको छ ।

    स्थानीय तहहरूले मोटरबाटोको ट्र्याक खोल्दा र जताततै डोजर चलाउँदा कतिपय स्थानमा पुराना पर्यटन पदमार्ग हराएका कारण नयाँ पदमार्ग खोजी, पदमार्ग निर्माण र स्तरोन्नति, टिम्सबाट आम्दानी हुने रकमसमेत पर्वतीय पर्यटन श्रमिकको सुविधा र सामाजिक सुरक्षा, पोर्टर सेल्टर निर्माण तथा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन प्रवद्र्धन गर्न टानको सिफारिस र सहभागिता सुनिश्चित गर्ने कुरा आफूहरूको मुख्य प्राथमिकता रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेर्पाले बताउनुभएको छ ।

    सत्ता गठबन्धनबाहिरबाट सागर पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितीय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षका लागि डम्बर अधिकारी प्रतिस्पर्धामा छन् ।

    सदस्यका लागि सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) रहेका छन् । पाण्डे समूहलाई काँग्रेस संस्थापनइतर समूह, नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतको समर्थन रहेको बताइएको छ । टानका अनुसार देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनी सञ्चालनमा रहेका छन् । मतदाता संख्या एक हजार चार सय ३८ रहेको छ ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer